म कसरी नामांकन हुन सक्छु?

भिक्टोरिया (Victoria)

भिक्टोरियामा तपाईंले मतदान गर्न योग्य भएको २१ दिन भित्र नामांकन गर्नुपर्ने हुन्छ। यदि तपाईं १७ वर्षको हुनुहुन्छ भने तपाईं नामांकन गर्न सक्नुहुन्छ र तपाईं १८ वर्षको भएपछि तपाईं स्वतः नामांकन हुनुहुनेछ।

तपाईंले मतदान गर्न नामांकन गर्न सक्नुहुन्छ यदि तपाईंल:

  • एक अष्ट्रेलियाली नागरिक हुनुहुन्छ
  • १८ वर्सा वा माथि उमेरको हुनुहुन्छ
  • एक महिनाभन्दा लामो समयदेखि भिक्टोरियामा बस्नुभएको छ।

म कसरी नामांकन हुन सक्छु?

तपाईंले मतदान गर्न नामांकन गर्न सक्ने यी विभिन्न तरिकाहरू छन्:

नामांकन फारम संघीय र कुनै पनि सान्दर्भिक राज्य, क्षेत्र, वा स्थानीय सरकारको चुनावको लागि लागू हुन्छ त्यसैले तपाईंले एक पटक मात्र नामांकन गर्न आवश्यक छ। तपाईंले कुनै पनि सान्दर्भिक विवरणहरू अद्यावधिक गर्न आवश्यक हुनेछ, उदाहरणका लागि, यदि तपाईंले आफ्नो ठेगाना परिवर्तन गर्नुभयो भने।

विशेष नामांकन विकल्प

यो वर्ग विशेष आवश्यकता भएका वा विशेष परिस्थिति भएका व्यक्तिहरूका लागि लागू हुन्छ जसले उनीहरूको नामांकनलाई असर गर्न सक्छ। उदाहरणका लागि, यदि तपाईंसँग निश्चित ठेगाना छैन भने। तपाईं मापदण्ड पूरा गर्नुहुन्छ वा हुँदैन भनेर जाँच गर्न सक्नुहुन्छ र यहाँ विशेष कोटीमा भर्ना हुन आवेदन दिन सक्नुहुन्छ।

के तपाईं आफ्नै भाषामा नामांकन गर्न रूचाउनुहुन्छ?

(भिक्टोरियाली निर्वाचन आयोग) Victorian Electoral Commission सँग २० सामुदायिक भाषाहरूमा नामांकन फारमहरू उपलब्ध छन्। तपाईंले आफ्नो भाषामा फारम यहाँ डाउनलोड गर्न सक्नुहुन्छ र हुलाकद्वारा मा पठाउन सक्नुहुन्छ (तपाईंलाई टिकट चाहिँदैन) वा elector@vec.vic.gov.au मा इमेल मार्फत पठाउनुहोस्।

मौन मतदाता

यदि तपाईंको ठेगाना मतदाता नामावलीमा सार्वजनिक भएमा तपाईंको सुरक्षा वा तपाईंको परिवारको सुरक्षा जोखिममा पर्न सक्छ भन्ने लाग्छ भने तपाईंले मौन मतदाता बन्न आवेदन दिन सक्नुहुन्छ। तपाईंको नाम मतदाता नामावलीमा देखाइनेछ, तर तपाईंको ठेगाना हुनेछैन। तपाईंको ठेगानामा एउटै परिवारको नाममा दर्ता भएका अन्य परिवारका सदस्यहरूलाई पनि मौन मतदाता बन्न दृढतापूर्वक सिफारिस गरिन्छ।

यदि तपाईंको सुरक्षाको लागि आसन्न खतरा छ र तपाईंलाई तपाईंको आवेदन तुरुन्तै विचार गर्न आवश्यक छ भने, तपाईं १३०० ८०५ ४७८ मा फोन गर्न सक्नुहुन्छ।