मतदान हाम्रो अधिकार हो तर यो
हाम्रो कर्तव्य पनि हो

यदि तपाईं अष्ट्रेलियाली नागरिक हुनुहुन्छ र 18 वर्षभन्दा माथिको हुनुहुन्छ भने अष्ट्रेलियामा चुनावमा मतदान गर्नु अनिवार्य छ। यसको मतलब तपाईंले मतदान गर्नैपर्छ। मतदान नगरेमा जरिवाना तिर्नुपर्ने हुनसक्छ।

मतदान गर्न नामांकन गर्ने

अष्ट्रेलियामा मतदान

अस्ट्रेलियामा निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ।

तपाईंले मतदान गर्नुपर्छ:

• अज्ञात रूपमा - तपाईंले कसलाई मतदान गर्नुभयो भनेर कसैलाई थाहा नदिई
• स्वतन्त्र रूपमा - तपाईंले कसलाई मतदान गर्नुपर्छ भनेर कसैले नभनी

निर्वाचनमा मतदान गर्नु भनेको नागरिक हुनुको प्रमुख पक्ष हो। तपाईंको तर्फबाट कसले निर्णय लिन्छ भन्ने बारे तपाईंको भनाइ राख्न र अर्को सरकार कुन दलको हुन्छ भन्ने कुरालाई प्रभाव पार्ने यो एउटा अवसर हो।

सरकारले तपाई, तपाईको परिवार, तपाईको छिमेकी र तपाईको समुदायलाई असर गर्न सक्ने समस्याहरूका बारेमा महत्त्वपूर्ण निर्णय गर्दछ। उनीहरूले सामाजिक सेवा, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र अध्यागमन लगायतका विभिन्न मुद्दाहरूका बारेमा निर्णय गर्छन्।

सरकारका तहहरु

अष्ट्रेलियामा तीन तहका सरकार नियमित रूपमा निर्वाचित हुन्छन्: संघीय, राज्य वा क्षेत्रीय र स्थानीय। प्रत्येक तह विभिन्न मुद्दाहरूका लागि जिम्मेवार हुन्छन् र तिनीहरूका बारेमा कानून बनाउन सक्छन्। तपाईंले प्रत्येक तहको सरकारको लागि चुनावमा मतदान गर्न आवश्यक छ।

तपाईंले कहिले, कहाँ र कसरी मतदान गर्ने भन्ने बारे थप जानकारी यहाँ पाउन सक्नुहुन्छ।

संघीय

सरकार

संघीय
सरकार

निर्णय गर्ने निकाय:

संघीय संसद

नेता:

प्रधानमन्त्री

Lower House (तल्लो सदन):

House of Representatives (प्रतिनिधि सभा)

Upper House (माथिल्लो सदन):

Senate (सीनेट)

संघीय संसद House of Representatives (प्रतिनिधिसभा ) र Senate( सिनेट) गरी दुई सदनमा विभाजित छ ।

कानुन बनाउन दुवै सदनबाट अनुमोदन हुनुपर्ने हुन्छ ।

संघीय सरकारको जिम्मेवारीहरूमा अध्यागमन, धेरैजसो सामाजिक सेवाहरू, निवृत्तिभरण, रक्षा, विदेश मामिलाहरू, र व्यापार समावेश छन्। संघीय सरकार स्वास्थ्य, शिक्षा, वातावरणीय समस्या र औद्योगिक सम्बन्धमा पनि संलग्न छ।

राज्य वा क्षेत्रीय

सरकार

राज्य वा क्षेत्रीय
सरकार

निर्णय गर्ने निकाय:

राज्य वा क्षेत्रीय संसद

नेता:

राज्य प्रमुख वा मुख्यमन्त्री

Lower House (तल्लो सदन):

Legislative Assembly or
House of Assembly (विधान सभा वा सभागृह)

Upper House (माथिल्लो सदन):

Legislative Council (विधायिका परिषद्)

अधिकांश राज्य संसदहरू संघीय संसद जस्तै तल्लो र माथिल्लो सदनमा विभाजित छन्। यद्यपि, Queensland (क्वीन्सल्याण्ड), Australian Capital Territory (अष्ट्रेलियन क्यापीटल टेरीटोरी) तथा Northern Territory (नर्दन टेरीटोरी ) एकसदनात्मक छन्, जसको मतलब तिनीहरूसँग केवल एउटा सभा छ, Legislative Assembly (विधान सभा)।

राज्यका सवालमा कानुन बनाउनका लागि दुवै सदनबाट कानुन पारित हुनुपर्छ । वा एकसदनात्मक संसदमा, कानूनहरू एउटै सदनबाट पारित हुनुपर्छ।

राज्य र क्षेत्रीय जिम्मेवारीहरूमा विद्यालय, अस्पताल, वातावरण, सडक, रेलवे र सार्वजनिक यातायात, सामुदायिक सेवाहरू, प्रहरी र आपतकालीन सेवाहरू समावेश छन्।

स्थानीय

सरकार

स्थानीय
सरकार

निर्णय गर्ने निकाय:

City Councils (नगर परिषद्) / Shire Councils (शायर परिषदहरू)

नेता:

यर/शायर अध्यक्ष

काउन्सिलहरूले सहर वा स्थानीय समुदायको आवश्यकताहरू हेर्छन्। परिषद्का प्रतिनिधिहरूलाई aldermen(एल्डरमेन )वा councillors (काउन्सिलर) भनिन्छ। काउन्सिल बैठकहरू सामान्यतया सर्वसाधारणको लागि खुला हुन्छन्।

स्थानीय सरकारको जिम्मेवारीहरूमा स्थानीय सडक मर्मत, फोहोर सङ्कलन, भवन नियमहरू, सार्वजनिक स्वास्थ्य र सामुदायिक सुविधाहरू जस्तै पौंडी पोखरी समावेश छन्। अष्ट्रेलियन क्यापीटल टेरीटोरी क्षेत्र (ACT) मा परिषदहरू छैनन्, नगर परिषदको कार्यहरू Legislative Assembly (विधान सभा )अन्तर्गत पर्दछन्।

तपाईंले आफ्नो राज्य वा क्षेत्रीय सरकारहरूका बारेमा यहाँ थप जानकारी पाउन सक्नुहुन्छ

थप जान्नुहोस्

मतदान अघि

मतदान गर्नु अघि, तपाईंले आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुन मुद्दाहरू छन् र तपाईं कसरी आफ्नो मतको राम्रो प्रयोग गर्न सक्नुहुन्छ भन्ने बारे सोच्नको लागि समय निकाल्नुपर्छ। विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू कुन पक्षमा उभिएका छन् भन्ने कुरा थाहा पाउनुहोस् र तिनै उम्मेदवारहरूलाई मतदान गर्नुहोस् जसले तपाईंको विचारलाई राम्रोसँग प्रतिनिधित्व गर्छन् । कसलाई मतदान गर्ने भन्ने निर्णय कसरी गर्ने भन्ने बारे थप जानकारी यहाँ पाउन सक्नुहुन्छ।

अझ जान्नुहोस्

मतदान चेकलिस्ट

तपाईंको नाम दर्ता भएको छ भनेर जाँच गर्नुहोस्

थप जान्नुहोस्

कहिले र कहाँ मतदान गर्ने जान्नुहोस्

थप जान्नुहोस्

मतदान गर्ने तरिका जान्नुहोस्

थप जान्नुहोस्

कसरी मतदान गर्ने निर्णय गर्नुहोस्

थप जान्नुहोस्

सद्भाव गठबन्धनले आफ्नो न्यूजलेटरमा संघीय चुनावको समयमा नियमित अपडेटहरू प्रदान गर्नेछ।

सदस्यता लिनुहोस्