जनमत संग्रह भनेको के हो ?

संविधान

अष्ट्रेलियाको संविधान नियमहरूको संकलन हो जसद्वारा अष्ट्रेलिया चलाइन्छ। यो एक महत्त्वपूर्ण दस्तावेज हो किनकि यसले अन्य कुनै पनि कानूनलाई अधिलेखन गर्दछ र संसदले परिवर्तन गर्न सक्दैनन्।

संविधान १ जनवरी १९०१ मा लागू भयो र यसमा आठ अध्यायहरू छन्।

संविधानले संसदलाई कानून बनाउन वा परिमार्जन गर्न अनुमति दिएको भएतापनि संविधान आफैँमा जनमत संग्रहबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।

तपाईंले Australian Electoral Commission (अष्ट्रेलियाली निर्वाचन आयोग) को वेबसाइटमा संविधानको बारेमा थप जान्न सक्नुहुन्छ। (एइसी)

जनमत संग्रह भनेको के हो ?

अष्ट्रेलियाको संविधान परिवर्तन गर्नको लागि गरिने मतदानलाई जनमत संग्रह भनिन्छ। मतदाताहरूलाई प्रस्तावित परिवर्तन ठीक छ वा छैन भन्ने जवाफ दिन आग्रह गरिएको छ।

सबै योग्य व्यक्तिहरूले जनमत संग्रहमा मतदान गर्नुपर्छ। यसको मतलब यदि तपाईं १८ वर्षभन्दा माथिको अष्ट्रेलियाली नागरिक हुनुहुन्छ भने तपाईंले मतदान गर्नुपर्छ। यदि तपाईं योग्य हुनुहुन्छ तर मतदान गर्नुहुन्न भने, तपाईंलाई जरिवाना लाग्न सक्छ जुन तपाईंले तिर्नुपर्नेछ।

अष्ट्रेलियाको संविधान परिवर्तन गर्नु भनेको परिवर्तन नै कानून बन्ने हो। यो हुनको लागि, प्रस्तावित परिवर्तनलाई मतदाताहरूको 'दोहोरो बहुमत'(‘double majority’) द्वारा अनुमोदन गर्नुपर्छ।