कहिले र कहाँ मतदान गर्ने

कहिले मतदान गर्ने

अष्ट्रेलियाको संसदले संविधान संशोधन विधेयक (Constitution Alteration Bill) पारित गरेपछि जनमत संग्रह हुन सक्छ। विधेयक भनेको संविधान संशोधनको प्रस्ताव हो र यसलाई प्रतिनिधिसभा र सिनेट दुवैबाट पारित गर्न आवश्यक छ। संशोधन विधेयक पारित भइसकेपछि त्यसको दुईदेखि छ महिना भित्र जनमत संग्रह गर्नुपर्नेछ।

अष्ट्रेलियाले १९९९ पछि को पहिलो जनमत संग्रह १४ अक्टोबर २०२३ मा गर्नेछ।

कहाँ मतदान गर्ने

Australian Electoral Commission (अष्ट्रेलियाली निर्वाचन आयोग) (एइसी) ले जनमत संग्रहको दिन मतदान गर्न जान सक्ने ठाउँहरू उपलब्ध गराउँछ। यी सामान्यतया समुदायलाई परिचित स्थानहरू हुन्छन्, जस्तै विद्यालय र स्थानीय सामुदायिक केन्द्रहरू। मतदान मिति नजिकै AEC वेबसाइटमा स्थानहरू सूचीबद्ध गरिनेछ।