संलग्न हुने

तपाईंले AEC को लागि अस्थायी कर्मचारीको रूपमा काम गरेर जनमत संग्रह र चुनावमा संलग्न हुन सक्नुहुन्छ।यस प्रकारको काममा यी समावेश छन्:

  • भुक्तान गरिने काम
  • छोटो अवधिको रोजगारीको अवसर
  • काममा गरिने प्रशिक्षण र सहयोग
  • एक अद्वितीय कार्य अनुभव र नयाँ सीपहरू सिक्ने अवसर

भूमिकाहरूका थुप्रै दायराहरू उपलब्ध छन्:

  • मतदान स्थलका कार्यकर्ताहरू – मतदातालाई अभिवादन गर्ने, मतदाता सूचीमा नामहरू जाँच गर्ने, मतपत्रहरू दिने, मतपेटिका पहरा दिने र दिनको अन्त्यका गतिविधिहरूमा सहयोग गर्ने।
  • दुर्गम मोबाइल मतदान सहितका मोबाइल मतदान कार्यकर्ताहरू – दुर्गम स्थानहरू र नर्सिङ होमहरू सहितका विभिन्न स्थानहरूमा मतदान सञ्चालन गर्ने टोलीको हिस्साको रूपमा काम गर्ने, मतदान स्थलका कामदारहरूले गर्ने जस्तै कामहरू गर्ने।
  • दुर्गम मोबाइल मतदान सहायकहरू – दुर्गम मोबाइल टोलीको लागि समुदाय भित्रको सम्पर्क र सहयोगको बिन्दु बन्ने।

यी भूमिकाहरूका बारेमा थप जान्नुहोस् र आफ्नो रूचि दर्ता गर्नुहोस्: https://www.aec.gov.au/employment/working-at-elections/index.htm