अष्ट्रेलियाको संसदीय प्रणालीले कसरी काम गर्छ

तपाईंको मत प्रभावकारी बनाउन अष्ट्रेलियाको संसदीय प्रणाली र House of Representatives (प्रतिनिधि सभा) र Senate (सिनेट)मा कसरी मतदान गर्ने भनेर बुझ्न महत्त्वपूर्ण छ।

अष्ट्रेलियामा, उम्मेदवारहरू लोकतान्त्रिक रूपमा अष्ट्रेलियाली जनताको प्रतिनिधित्व गर्न र उनीहरूको तर्फबाट कानून बनाउन संसदमा निर्वाचित हुन्छन्।

अष्ट्रेलियाको संघीय संसद दुई सदन मिलेर बनेको छ:


House of Representatives - प्रतिनिधि सभा (Lower House - तल्लो सदन)

Members of Parliament (स्थानीय सांसदहरू) (MPs) मिलेर बनेको छ

स्रोत: Parliamentary Education Office (संसदीय शिक्षा कार्यालय )(peo.gov.au)

Senate - सिनेट (Upper House - माथिल्लो सदन)

अष्ट्रेलियाका राज्य र क्षेत्रहरूको प्रतिनिधित्व गर्ने Senators (सिनेटरहरू) मिलेर बनेको छ

स्रोत: Parliamentary Education Office (संसदीय शिक्षा कार्यालय )(peo.gov.au)

House of Representatives (प्रतिनिधिसभा) मा आधाभन्दा बढी MPs को समर्थन भएको दल वा दलहरूको समूहले सरकार बनाउँछ र प्रधानमन्त्री चयन गर्छ।

दुवै सदनमा उम्मेदवारको लागि मतदान महत्त्वपूर्ण छ, किनभने निर्णय प्रक्रियामा दुवै सदनले महत्त्वपूर्ण भूमिका खेल्छन्। नयाँ कानुन बनाउनु अघि दुवै सदन सहमत हुनुपर्छ। थप जानकारीको लागि, Parliamentary Education Office (संसदीय शिक्षा कार्यालय) को वेबसाइटमा हेर्नुहोस्।।