मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्रमा के हुन्छ?
मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्र बाहिर, तपाईंले उम्मेदवारहरू र/वा स्वयंसेवकहरूले उम्मेदवारहरूलाई मद्दत गरेको देख्न सक्नुहुन्छ। उनीहरूले तपाईंलाई 'कसरी-मतदान-गर्ने' कार्ड भनिने कागजको टुक्रा दिन सक्छन्। यसले तपाइँलाई उनीहरु कसरी मतदान गराउन चाहन्छन् भन्ने देखाउँछ।
तपाईंले कसरी-मतदान-गर्ने कार्ड लिनु आवश्यक छैन। यदि तपाइँ उम्मेदवारको नीतिहरूसँग सहमत हुनुहुन्छ भने कसरी मतदान गर्ने भनेर निर्णय गर्न यसले मद्दत गर्न सक्छ। यद्यपि, तपाईंले अझै पनि उम्मेद्वारलाई भोट दिन सक्नुहुन्छ र अन्य उम्मेद्वारहरूलाई कसरी भोट गर्ने कार्डले सुझाव दिए अनुसार फरक क्रममा क्रमबद्ध गर्न सक्नुहुन्छ।
मतदान केन्द्र भित्र, तपाईंले नामहरूको सूची रहेको टेबुलमा एक निर्वाचन अधिकारी देख्नुहुनेछ। तपाईंले निर्वाचन अधिकारीसँग चेक ईन गर्न आवश्यक छ।
निर्वाचन अधिकारीले तपाइँको नाम, तपाइँको ठेगाना, र यदि तपाइँ पहिले नै चुनावमा मतदान गरिसक्नु भएको छ भने सोध्नेछ। निर्वाचन अधिकारीले तपाईंलाई दुईवटा मतपत्र दिनेछन् र तपाईंले कहाँ मतदान गर्नुपर्छ भनी देखाउनेछन्।
तपाईंले गत्ता मतदान केन्द्रहरूमा मतदान गर्नुहुनेछ। बुथहरूमा पर्दाहरू हुन्छन्, त्यसैले तपाईंले कसरी मतदान गर्नुहुन्छ भनेर अरू कसैले देख्न सक्दैनन्। बुथहरूमा शीशाकलमहरू हुन्छन्, जुन तपाईंले आफ्नो मत चिन्ह लगाउन प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईंले आफ्नो शीशाकलम वा कलम पनि प्रयोग गर्न सक्नुहुन्छ।
यदि तपाईंलाई चुनावी मतपत्रहरू भर्न मद्दत चाहिन्छ भने, तपाईंले सहयोग गर्ने व्यक्ति वा साथीलाई साथमा लैजान सक्नुहुन्छ। निर्वाचन अधिकारीले पनि तपाईंलाई मद्दत गर्न सक्छन् । यो सहयोगीले तपाईंलाई कसलाई भोट गर्ने भन्ने कुरा बताउन हुँदैन, र तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई पनि भन्नु हुँदैन।