हुलाक मतदान

हुलाक मतदानको लागि आवेदन दिने

चिठी पत्र मार्फत मतदान गर्न, तपाईंले हुलाक मतदानको लागि आवेदन दिन आवश्यक छ।

तपाईंले हुलाक मतदानको लागि आवेदन दिन सक्नुहुन्छ:

  • http://www.aec.gov.au/pva मा अनलाइन (चुनाव घोषणा भएपछि)
  • कागजी फारम भरेर AEC (ए इ सी) लाई फारम हुलाक गरेर वा AEC (ए इ सी) कार्यालयमै फिर्ता गरेर (तपाईले कुनै पनि AEC (ए इ सी) कार्यालयबाट वा AEC (ए इ सी) लाई १३ २३ २६ मा फोन गरेर तपाईंलाई फारम पठाउन अनुरोध गरेर यो प्राप्त गर्न सक्नुहुन्छ)

तपाईंले केही प्रश्नहरूको जवाफ र निम्न जानकारी प्रदान गर्न आवश्यक हुनेछ:

  • तपाइँ दर्ता भएको ठेगाना
  • तपाईंले निर्वाचन मतपत्र पठाउन चाहेको ठेगाना
  • एक सुरक्षा प्रश्न र उत्तर

एकचोटि तपाईंले हुलाक मतदानको लागि सफलतापूर्वक आवेदन गरिसकेपछि, तपाईंले आफ्नो चुनावी मतपत्रहरू चिठी पत्रद्वारा प्राप्त गर्नुहुनेछ।

हुलाक मतदानद्वारा मतदान

तपाईलाई दुईवटा मतपत्र, के गर्ने भनेर बुझाउने एउटा पर्चा र एउटा खाम पठाइनेछ।

तपाईंले आफ्नो हुलाक मतदान भर्न मद्दत गर्नको लागि साक्षी खोज्नुपर्छ।अष्ट्रेलियामा मतदान गर्न नामांकन गरिएको जो कोही पनि एक साक्षी बन्न सक्छ।

साक्षीले (क्रमैसँग):

  • तपाईंले भर्नु अगावै तपाईंको मतपत्र र हुलाक मतदानको खामलाई हेर्नुपर्छ
  • तपाईंले आफ्नो सुरक्षा प्रश्नको जवाफ लेख्नु भयो कि भएन भनेर हेर्नुपर्छ
  • तपाईंले खाममा आफ्नो नाम हस्ताक्षर गर्नु भयो कि भएन भनेर हेर्नुपर्छ
  • खाममा स्वयम् हस्ताक्षर गर्नुपर्छ र मिति लेख्नुपर्छ

त्यसपछि तपाईंले गोप्य रूपमा चुनावी मतपत्रहरू भर्नुपर्छ।तपाईं कसैलाई तपाईंलाई मदत गर्न आग्रह गर्न सक्नुहुन्, तर उक्त व्यक्तिले तपाईंलाई कसलाई भोट गर्ने भनेर भन्नु हुँदैन र तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई पनि भन्नु हुँदैन।

तपाईंले दुई मतपत्रहरू भरिसकेपछि, तिनीहरूलाई खाममा राख्नुहोस् र बन्द गर्नुहोस्। सकेसम्म चाँडो खाम हुलाक गर्नुहोस्। तपाईंलाई टिकट चाहिदैन।