न्यू साउथ वेल्स (NSW)

न्यू साउथ वेल्समा (NSW) हुलाक मतदान

हुलाक मार्फत मतदान गर्नको लागि, तपाईंले २०२३ राज्य निर्वाचनमा सोमबार, १६ जनवरी २०२३ देखि सोमबार, २० मार्च २०२३ सम्म हुलाकद्वारा मतदान गर्न आवेदन दिन सक्नुहुन्छ। एन एस डब्ल्यु निर्वाचन आयोगले(NSW Electoral Commission) तपाईंलाई हुलाक मार्फत एक मतपत्र पठाउनेछ जुन तपाईंले हुलाकबाटै तिनीहरूलाई फिर्ता गर्न आवश्यक छ। हुलाक मतदान निःशुल्क छ।

तपाईंले यी तरिकाले आवेदन दिन सक्नुहुन्छ

  • अनलाइन
  • हुलाकमा आवेदन भरेर पठाएर।
  • सामान्य हुलाक मतदाताको रूपमा दर्ता भएर। सामान्य हुलाक मतदाताहरूले हुलाक मतदानको लागि आवेदन दिन आवश्यक पर्दैन किनकि उनीहरूलाई स्वचालित रूपमा मतपत्र पठाइनेछ।

कसरी आवेदन दिने भन्ने बारे थप विवरणहरू चुनावको नजिकै प्रकाशित गरिनेछ। थप जानकारीको लागि यहाँ हेर्नुहोस्।

समयको सीमा के हो?

  • तपाईंको आवेदन चुनावको दिन अघिको सोमबार १८:०० सम्म एन एस डब्ल्यु निर्वाचन आयोगमा (NSW Electoral Commission) आएको हुनुपर्दछ।
  • एन एस डब्ल्यु निर्वाचन प्रबन्धकले चुनावको दिन पछिको बुधवार १८:०० सम्ममा तपाईंको पूरा मतपत्रहरू प्राप्त गर्नुपर्छ।

के म योग्य छु?

तपाईंले आवेदन दिन सक्नुहुन्छ यदि तपाईं:

  • ​एन एस डब्ल्यु (NSW) बाहिर हुनुहुनेछ
  • ​निर्वाचनको दिन मतदान केन्द्रबाट ८ किलोमिटरभन्दा बढी टाढा हुनुहुनेछ
  • यात्रा गर्दै हुनुहुनेछ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुन असमर्थ हुनुहुनेछ
  • गम्भीर रोग वा अवस्थामा हुनुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
  • मातृत्व नजिक हुनुहुँदैछ
  • धार्मिक सदस्यता वा विश्वासहरू गर्नुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
  • सुधार केन्द्रमा हुनुहुन्छ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोकिनु भएको छ
  • अस्पताल भन्दा बाहिर नै व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ, जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा जानबाट रोक्छ।
  • चुनावको दिनमा काम गर्नुहुनेछ
  • एक मौन मतदाता हुनुहुन्छ
  • अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ
  • चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनाले तपाईंको व्यक्तिगत सुरक्षा वा तपाईंको परिवारको सुरक्षालाई जोखिममा पार्छ भन्ने विश्वास गर्नुहुन्छ।

हुलाक मतदानद्वारा मतदान

तपाईंलाई दुईवटा मतपत्र, के गर्ने भन्नेबारे  एउटा पर्चा र एउटा खाम पठाइनेछ।

तपाईंले गोप्य रूपमा चुनावी मतपत्र भर्नुपर्छ । तपाईंले कसैलाई मद्दत गर्नको लागि सोध्न सक्नुहुन्छ, तर त्यो व्यक्तिले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनु हुँदैन र तपाईंको सहमति बिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनु हुँदैन।

एकचोटि तपाईंले दुई मतपत्रहरू भरिसकेपछि, तिनीहरूलाई खाममा राख्नुहोस् र यसलाई बन्द गर्नुहोस्। सकेसम्म चाँडो खाम हुलाकबाट फिर्ता गर्नुहोस्। तपाईंलाई टिकट चाहिँदैन।