मतदान कसरी गर्ने

तपाईंलाई दुई मतपत्रहरू दिइनेछ:

• हरियो मतपत्र House of Representatives (प्रतिनिधिसभा) को लागि हो

• सेतो मतपत्र Senate (सिनेट)को लागि हो

House of Representatives (प्रतिनिधिसभा)

House of Representatives (प्रतिनिधिसभा) अष्ट्रेलियाभरका १५१ मतदाताको प्रतिनिधित्व गर्ने MPs मिलेर बनेको छ। प्रत्येक निर्वाचन मण्डलमा झन्डै समान संख्यामा मतदाता छन् । तपाईले आफ्नो मतदाताको प्रतिनिधित्व गर्न MPs लाई भोट दिनुहुन्छ।

अस्ट्रेलियाले House of Representatives (प्रतिनिधिसभा) मा प्राथमिकता मतदान प्रणाली प्रयोग गर्दछ। यसको मतलब यो हो कि एउटा उम्मेदवारलाई मात्र मतदान गर्नुको सट्टा, तपाईंले उम्मेदवारहरूलाई उनीहरूको बारेमा कस्तो महसुस गर्नुहुन्छ भनेर क्रमबद्ध गर्नुपर्छ।

House of Representatives (प्रतिनिधिसभा) का उम्मेदवारलाई निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

पहिलो प्राथमिकता भोटहरू (तपाईंले नम्बर 1 को रूपमा चिन्ह लगाउनु भएको उम्मेदवार) पहिले गणना गरिन्छ।

कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा निर्वाचित हुनेछन् । यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् भने सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवार बाहिरिनेछन् । त्यसको सट्टा तिनीहरूको मतदाताहरूको दोस्रो प्राथमिकता (नम्बर २ को रूपमा चिन्ह लगाइएको उम्मेदवार) को गणना गरिनेछ। जबसम्म एक उम्मेद्वारले कम्तिमा ५० प्रतिशत मत प्राप्त गर्दैन तबसम्म यो जारी रहन्छ ।

प्राथमिकता मतदान प्रणालीको अर्थ हो कि यदि तपाईंले आफ्नो पहिलो प्राथमिकताको रूपमा कम लोकप्रिय उम्मेद्वार वा सानो दललाई भोट दिनुभयो, र उनीहरूले जितेनन् भने, तपाईंको भोट अझै पनि तपाईंको सदस्य चयनमा गणना गरिनेछ। चुनाव पछि, दलहरूले आफ्नो मतदाताको लागि महत्त्वपूर्ण मुद्दाहरूलाई राम्रोसँग बुझ्नको लागि 'पहिलो प्राथमिकता' भोटहरू हेर्नेछन्।

उदाहरणका लागि - यदि ठूलो संख्यामा मतदाताहरूले पार्टी ए लाई नम्बर १ मा राख्छन्, तर पार्टी बी ले निर्वाचन मण्डललाई जित्यो भने, पार्टी बी का नयाँ MP ले थाहा पाउनेछन् कि अझै उनीहरूका धेरै मतदाताहरूले पार्टी ए द्वारा प्रतिनिधित्व गर्ने मुद्दाहरूको बारेमा चासो राख्छन्। त्यसले उनीहरूले संसदमा गर्ने निर्णयहरूलाई प्रभाव पार्छ।

मतपत्र भर्ने

Senate(सिनेट)

प्रत्येक राज्यलाई बाह्र Senators (सिनेटरहरू) र प्रत्येक क्षेत्रलाई दुई Senators (सिनेटरहरू) द्वारा प्रतिनिधित्व गरिन्छ।

राज्यका Senators (सिनेटरहरू) छ वर्षको अवधिका लागि निर्वाचित हुन्छन्। प्रत्येक सामान्य चुनावमा, राज्यका आधा Senators (सिनेटरहरू) निर्वाचित हुन्छन्, जसको अर्थ तपाईं राज्यमा बस्नुहुन्छ भने तपाईंले छ जना Senators (सिनेटरहरू) लाई मतदान गर्नुहुनेछ। कहिलेकाहीँ त्यहाँ “double dissolution election” ("दोहोरो विघटन चुनाव") हुन्छ र प्रत्येक Senators (सिनेटर) निर्वाचित हुनेछ, यसको मतलब तपाईंले बाह्र सिनेटरहरूलाई मतदान गर्नुहुनेछ। दोहोरो विघटन चुनावको बारेमा थप जानकारीको लागि, AEC website (ए इ सी) वेबसाइटमा हेर्नुहोस्।

क्षेत्रीय Senators (सिनेटरहरू) तीन वर्षको अवधिका लागि निर्वाचित हुन्छन्। यदि तपाइँ क्षेत्रमा बस्नुहुन्छ भने, तपाइँ प्रत्येक चुनावमा दुई Senators (सिनेटरहरू) लाई मतदान गर्नुहुन्छ।

अष्ट्रेलियाले (सिनेट) मा समानुपातिक प्रतिनिधित्व प्रणाली प्रयोग गर्दछ। यसको मतलब उम्मेदवारहरूलाई उनीहरूले प्राप्त गरेको मत संख्या अनुसार सिट बाँडफाँड गरिन्छ। उम्मेदवारहरूलाई निर्वाचित हुन निश्चित कोटा आवश्यक पर्छ।

एउटा उम्मेदवारलाई मात्र मतदान गर्नुको सट्टा, तपाईंले उम्मेदवार वा दलहरूलाई उनीहरूको बारेमा कस्तो महसुस गर्नुहुन्छ भनेर क्रमबद्ध गर्नुपर्छ।

तपाईंले लाइन माथि वा लाइन तल भोट गर्न सक्नुहुन्छ। तलको उदाहरण हेर्नुहोस्।

Senate (सिनेट) मा मत गणना गर्ने तरिका जटिल छ र धेरै समय लाग्न सक्छ।

पहिलो प्राथमिकता मतहरू (तपाईंले नम्बर १ को रूपमा चिन्ह लगाउनु भएको उम्मेदवार) पहिले गणना गरिन्छ। यी मतहरूबाट कोटा प्राप्त गर्ने कुनै पनि उम्मेदवार निर्वाचित हुन्छन्।

यदि तिनीहरूले कोटा भन्दा बढी मत (अतिरिक्त मतहरू) प्राप्त गरेका छन् भने, तिनीहरूको सबै मतहरूको दोस्रो प्राथमिकता (नम्बर २ को रूपमा चिन्ह लगाइएको उम्मेदवार) गणना गरिनेछ, तर कम दरमा। अन्य उम्मेदवारहरू यसबाट कोटामा पुगेर निर्वाचित हुन सक्छन्।

यदि यो प्रक्रिया पछि पनि Senate (सिनेट) स्थानहरू अपूर्ण रहे भने, सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई हटाइन्छ र उनीहरूको मत मतदाताको प्राथमिकताका आधारमा अन्य उम्मेदवारहरूलाई वितरण गरिनेछ।

यदि कुनै उम्मेदवारले यो प्रक्रिया मार्फत कोटा प्राप्त गरे, भने तिनीहरू निर्वाचित हुनेछन्। यदि निर्वाचित उम्मेदवारको अतिरिक्त मत छ भने, मतदाताको अर्को प्राथमिकता स्थानान्तरण हुनेछ।

यदि यो प्रक्रिया पछि पनि Senate (सिनेट) स्थानहरू अपूर्ण रहे भने, सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई हटाइन्छ र उनीहरूको मत मतदाताको प्राथमिकताका आधारमा अन्य उम्मेदवारहरूलाई वितरण गरिनेछ।

यो क्रम तबसम्म जारी रहन्छ जबसम्म पर्याप्त उम्मेदवारहरूले निर्वाचित हुन आवश्यक मतको कोटा प्राप्त गर्दैनन्।

समानुपातिक प्रतिनिधित्व प्रणालीले अष्ट्रेलियामा निर्णय गर्ने क्रममा अल्पसंख्यक दलहरूलाई आवाज उठाउन अनुमति दिन्छ।

तपाइँ यहाँ Senate (सिनेट) मतहरू कसरी गणना गरिन्छ भन्ने बारे थप जान्न सक्नुहुन्छ।

मतपत्र भर्ने

मतदान गर्ने अभ्यास गर्नुहोस्

तपाईले AEC website (ए इ सी) को वेबसाइटमा House of Representatives (प्रतिनिधिसभा) र Senate (सिनेट) दुवैको लागि अनलाइन मतदान अभ्यास गर्न सक्नुहुन्छ।