उम्मेदवारहरू र पार्टीहरूको अनुसन्धान गर्नुहोस्

अनुसन्धान उम्मेदवारहरू र पार्टीहरू

चुनावका लागि उम्मेदवारहरू या त राजनीतिक दलको तर्फबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुनेछन्।

यदि निर्वाचित भएमा, राजनीतिक दलका सदस्य भएका उम्मेदवारहरूले सामान्यतया त्यो राजनीतिक दलका अन्य व्यक्तिहरूले जस्तै मतदान गर्नेछन्।

यदि निर्वाचित भएमा, स्वतन्त्रहरूले प्रत्येक मतको लागि आफ्नो मत स्वतन्त्र रूपमा निर्णय गर्नेछन्।

तपाईंले प्रमुख राजनीतिक दलहरूको बारेमा उनीहरूको वेबसाइटहरूमा थप जानकारी पाउन सक्नुहुन्छ:

उम्मेदवारहरू को हुन् पत्ता लगाउनुहोस्

तपाईं कुन निर्वाचन मण्डलमा बस्नुहुन्छ भनी पत्ता लगाएर सुरु गर्नुहोस्। संघीय चुनावको लागि तपाईंले AEC website (ए इ सी) को वेबसाइटमा आफ्नो हुलाक कोड वा उपनगर हेरेर वा १३ २३ २६ मा AEC (ए इ सी) लाई फोन गरेर यो गर्न सक्नुहुन्छ।

त्यसपछि तपाईंले कुन उम्मेदवारहरू खडा छन् भनेर पत्ता लगाउनु पर्छ:

  • तपाईंको मतदातामा प्रतिनिधिसभाको स्थितिमा ; र
  • तपाईंको राज्य वा क्षेत्रको सिनेटको अवस्थाहरूमा।

एकचोटि चुनाव आह्वान भएपछि, तपाईंले AEC (ए इ सी) र राजनीतिक दलको वेबसाइटहरूमा यो पत्ता लगाउन सक्नुहुन्छ।

पार्टी वेबसाइटहरूमा, तपाईंले उम्मेदवारहरूको सूचीको साथ पृष्ठ खोज्नुपर्छ। यसलाई Candidates’ (‘उम्मेदवार’) , ‘Our People’ (‘हाम्रा जनता), ‘Our Team’ (‘हाम्रो टोली’) , वा ‘Election’( ‘चुनाव’) जस्ता केही भनिन्छ।

उम्मेदवारहरूले के को बारे मतलब राख्छन् पत्ता लगाउनुहोस्

एकचोटि तपाईंले आफ्नो निर्वाचन मण्डलका लागि House of Representative (प्रतिनिधिसभा) का उम्मेद्वारहरू र तपाईंको राज्य वा क्षेत्रका लागि Senate (सिनेट) का उम्मेद्वारहरू भेट्टाउनुभयो भने, उनीहरूले के-कस्ता मुद्दाहरूको मतलब राख्छन् पत्ता लगाउनुहोस्।

तिनीहरूको वेबसाइटहरू, सामाजिक संजाल पृष्ठहरू, पर्चाहरू वा अन्तर्वार्ता र भाषणहरूमा उनीहरूले के लेख्छन् वा भन्छन् हेर्नुहोस्। यदि एक उम्मेद्वारले मुद्दालाई धेरै उल्लेख गर्दछ भने, यो सम्भवतः केहि चीज हो जुन उनीहरूले निर्वाचित भएमा कार्य गर्ने योजना बनाउँछन्।

यदि कुनै उम्मेद्वार पहिले संसदमा निर्वाचित भइसकेका छन् भने, तपाईंले पहिले नै मतलब गरेको मुद्दाको बारेमा उनीहरूले केही गरेका छन् कि छैनन् भनेर तपाईंले पत्ता लगाउन सक्नुहुन्छ। संसदमा MPs र Senators (सिनेटरहरू)ले के-के भाषण गरेका छन् तपाईंले https://www.aph.gov.au मा पढ्न सक्नुहुन्छ

विशेष गरी, सांसदहरूले उनीहरूको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूमा प्रकाश पार्न संसदमा आफ्नो ‘maiden speech’ (‘मेडन स्पिच') (पहिलो भाषण) प्रयोग गर्छन्। https://www.aph.gov.au

तपाईंले https://theyvoteforyou.org.au/people मार्फत सांसदहरूले विशेष मुद्दाहरूमा कसरी मतदान गरे भनेर पनि हेर्न सक्नुहुन्छ।

यदि तपाइँ निश्चित हुनुहुन्न कि उम्मेद्वारले तपाइँलाई मतलब लाग्ने मुद्दाहरूका बारेमा के सोच्छन्, तिनीहरूलाई उनीहरूको कार्यालयमा सम्पर्क गर्नुहोस्, तिनीहरू जाने कार्यक्रमहरूमा उपस्थित हुनुहोस्, र प्रश्नहरू सोध्न नडराउनुहोस्। उनीहरुलाई मत दिन मनाउने काम उनीहरुको हो ।

राजनीतिक दलहरू के भन्छन् पत्ता लगाउनुहोस्

उम्मेदवारहरू उनीहरूको दलहरूको मूल्यमान्यता र स्थितिबाट धेरै प्रभावित हुन्छन्। MPs र Senators (सिनेटरहरू)ले सामान्यतया उनीहरूको पार्टीले उनीहरूलाई जसरि भन्छन् त्यसरी नै मतदान गर्नेछन्।

तपाईंले उनीहरूको वेबसाइटहरू मार्फत कुन पार्टीहरू के वाचा गर्दै छन् भनेर पत्ता लगाउन सक्नुहुन्छ। ‘Our policies’ ('हाम्रा नीतिहरू'), ‘Our values’ ('हाम्रा मूल्यहरू'), ‘Our vision’ ('हाम्रो दृष्टिकोण'), ‘Our Plan’ ('हाम्रो योजना') , ‘National Platform’ ('राष्ट्रिय मंच') जस्ता भनिने पृष्ठहरू खोज्नुहोस्।

ABC (ए बि सी ) सँग Vote Compass भनिने उपयोगी उपकरण छ, जसले मुद्दाहरूमा तपाईंको विचारहरू राजनीतिक दलहरूसँग कसरी तुलना हुन्छ भनी जाँच्न दिन्छ:

यसको बारे सोच्नुहोस्

उम्मेदवारले कस्ता मुद्दाहरूमा ध्यान दिनुहुन्छ?

उनीहरुले कस्तो नीति ल्याउने वाचा गर्छन् ?

उनीहरु कुन पार्टीको प्रतिनिधित्व गर्छन् ?

सरकार बनेमा पार्टीले के कदम चाल्छ ?

सम्झनुहोस्: यी मुद्दाहरूको बारेमा आफैले सोच्नुहोस्। यो निर्णय तपाईं आफैले गर्नुपर्छ। तपाईंले कसलाई भोट दिनुपर्छ भनेर - तपाईंका आमाबाबु, साझेदार वा बच्चाहरू कसैले पनि - तपाईंलाई भन्नु हुँदैन। यो तपाईंले स्वतन्त्र रूपमा लिनु पर्ने निर्णय हो।

अरु थप जान्नुहोस्

Harmony Alliance (सद्भाव सन्धी) ले संघीय निर्वाचनको समयमा थप जानकारीको साथ आफ्नो वेबसाइट र सामाजिक सञ्जाल नियमित रूपमा अद्यावधिक गर्नेछ। अरु थप जान्नुहोस्.

हार्मनी एलायन्स मेलिङ सूचीमा सामेल हुनुहोस्

हाम्रो न्यूजलेटरको सदस्यता लिएर हार्मनी एलायन्समा के भइरहेको छ भन्ने बारे अद्यावधिक राख्नुहोस्।