अधिमान्य मतदान प्रणालीको अर्थ हो कि यदि तपाईंले आफ्नो पहिलो प्राथमिकताको रूपमा कम लोकप्रिय उम्मेद्वार वा सानो दललाई भोट दिनुभयो, र तिनीहरूले जितेनन् भने, तपाईंको भोट अझै पनि तपाईंको सदस्य चयनमा गणना गरिनेछ। यस पोस्टरमा अधिमान्य मतदान प्रणालीको बारेमा थप जानकारी खोज्नुहोस्।
सानो तल्लो सदन मतपत्रमा सही रूपमा मतदान गर्न, तपाईंले आफ्नो मनपर्ने क्रममा प्रत्येक बाकसमा अंक दिन आवश्यक छ।
१. तपाईंको पहिलो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा अंक १ लेख्नुहोस्।
२. यदि तपाईं मतदान जारी राख्न चाहनुहुन्छ भने, तपाइँको दोस्रो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा अंक २ लेख्नुहोस्।
३. प्रत्येक बाकसमा अंक नभएसम्म तपाईंले ३, ४, ५ र यस्तै अन्य अंकहरू लेख्न जारी राख्न सक्नुहुन्छ।
विधान परिषद (Legislative Council)
निर्वाचनलाई समानुपातिक प्रतिनिधित्वद्वारा निर्णय गरिन्छ। तपाईंले आफू बसेको क्षेत्रबाट ५ जना सदस्यहरूलाई मतदान गर्नुहुनेछ।निर्वाचित हुनका लागि उम्मेदवारले क्षेत्रका लागि निश्चित मात्रामा मत प्राप्त गर्नुपर्छ, यो अनुपातलाई कोटा भनिन्छ।
उम्मेदवारले कोटा वा सोभन्दा बढी पाएमा निर्वाचित हुनेछन्। यदि उनीहरूले पहिलो प्राथमिकतामा मात्र यो कोटा पूरा गरेनन् भने, उनीहरूले कम पहिलो प्राथमिकता मत भएका उम्मेदवारहरूबाट बाँडिएको अधिमान्य मतहरूबाट कोटा प्राप्त गर्न सक्छन्। यो प्रक्रिया जारी रहँदा सबै रिक्त पदहरू भरिन्छन्।
यो पोस्टरमा समानुपातिक प्रतिनिधित्व प्रणालीबारे थप जानकारी खोज्नुहोस्।