भिक्टोरिया (Victoria)

भिक्टोरियाली (VIC) संसदले कसरी काम गर्छ

तपाईंको मतलाई प्रभावकारी बनाउन भिक्टोरियाको संसदले कसरी काम गर्छ र यसको चुनावमा कसरी मतदान गर्ने भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ।

भिक्टोरिया (Victoria) मा, तपाईं प्रजातान्त्रिक रूपमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट प्रत्येक चार वर्षमा कानून बनाउन र समीक्षा गर्न संसदमा उम्मेदवारहरू चयन गर्नुहुन्छ।

यी उम्मेदवारहरू सामान्यतया- राजनीतिक दलका सदस्यहरू हुन्छन्- तर सधैँ नहुन पनि सक्छन्। राजनीतिक दलहरूका उम्मेदवारहरू बहुमतले (कम्तिमा ४५ ले) निर्वाचित भएमा भिक्टोरियाली सरकार (Victorian Government) बन्न सक्छ। सरकार बनाउन नसक्ने सबैभन्दा ठूलो दललाई प्रतिपक्ष (Opposition) भनिन्छ । बहुमत नभएको दलले पर्याप्त बहुमत भएका अन्य दल र उम्मेदवारहरूसँग गठबन्धन गरेमा सरकार बनाउन सक्छन् ।

पार्टीमा सम्बन्धित नभएका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भनिन्छ। स्वतन्त्र उम्मेदवार र साना दलका सदस्यहरू जो निर्वाचित हुन्छन् र सरकार वा प्रतिपक्षमा सामेल हुँदैनन्, उनीहरूलाई कहिलेकाहीँ क्रसबेन्च (Crossbench) भनिन्छ।

सफलतापूर्वक निर्वाचित भएका उम्मेदवारहरूलाई विधान सभाका सदस्य (Legislative Assembly) (एम एल ए) वा विधान परिषद्का सदस्य (Members of the Legislative Council) (एम एल सी) भनिन्छ। They either represent a certain district or ‘electorate’ in the Legislative Assembly or one of 8 regions in the Legislative Council.


भिक्टोरियाली संसद दुई भाग मिलेर बनेको हुन्छ जसलाई सदन भनिन्छ:

विधान सभा (तल्लो सदन) (The Legislative Assembly (Lower House))

८८ सदस्यहरू मिलेर बनेको छ। यहाँ कानून बनाइन्छ, र राज्यको बजेट पारित हुन्छ। प्रिमियर, सरकारको नेता, यो सदनमा निर्वाचित हुन्छन्।


विधान परिषद् (माथिल्लो सदन) (The Legislative Council (Upper House))

४० सदस्यहरू मिलेर बनेको छ। यहाँ व्यवस्थापिकाले पारित गरेको कानूनको समीक्षा हुन्छ ।

उम्मेदवारहरूका लागि मतदान दुबै सदनमा महत्त्वपूर्ण छ किनभने सरकारको निर्णयमा उनीहरू दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ कानून बनाउनुअघि दुवै सदन सहमत हुनुपर्छ।

थप जानकारीका लागि, भिक्टोरियाली संसदको वेबसाइटमा हेर्नुहोस्।