हुलाक मतदानद्वारा मतदान
तपाईलाई दुईवटा मतपत्र, के गर्ने भनेर बुझाउने एउटा पर्चा र एउटा खाम पठाइनेछ।
तपाईंले आफ्नो हुलाक मतदान भर्न मद्दत गर्नको लागि साक्षी खोज्नुपर्छ।अष्ट्रेलियामा मतदान गर्न नामांकन गरिएको जो कोही पनि एक साक्षी बन्न सक्छ।
साक्षीले (क्रमैसँग):
- तपाईंले भर्नु अगावै तपाईंको मतपत्र र हुलाक मतदानको खामलाई हेर्नुपर्छ
- तपाईंले आफ्नो सुरक्षा प्रश्नको जवाफ लेख्नु भयो कि भएन भनेर हेर्नुपर्छ
- तपाईंले खाममा आफ्नो नाम हस्ताक्षर गर्नु भयो कि भएन भनेर हेर्नुपर्छ
- खाममा स्वयम् हस्ताक्षर गर्नुपर्छ र मिति लेख्नुपर्छ
त्यसपछि तपाईंले गोप्य रूपमा चुनावी मतपत्रहरू भर्नुपर्छ।तपाईं कसैलाई तपाईंलाई मदत गर्न आग्रह गर्न सक्नुहुन्, तर उक्त व्यक्तिले तपाईंलाई कसलाई भोट गर्ने भनेर भन्नु हुँदैन र तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई पनि भन्नु हुँदैन।
तपाईंले दुई मतपत्रहरू भरिसकेपछि, तिनीहरूलाई खाममा राख्नुहोस् र बन्द गर्नुहोस्। सकेसम्म चाँडो खाम हुलाक गर्नुहोस्। तपाईंलाई टिकट चाहिदैन।