गल्ती गर्दा
तपाईंको मतपत्रमा गल्ती भयो भने पनि ठिकै छ। तपाईं त्यसमा गलत चिन्ह लगाउन सक्नुहुन्छ र त्यसैको छेउमा सही अंक राख्न सक्नुहुन्छ।
यदि तपाईं एन एस डब्ल्यु निर्वाचन आयोगले (NSW Election Commission) तपाईंका सुधारहरू बुझ्न सक्षम हुनेछैन भन्नेबारे चिन्तित हुनुहुन्छ भने, तपाईं आफ्नो मतपत्र निर्वाचन कर्मचारीलाई फिर्ता गर्न सक्नुहुन्छ र नयाँ माग्न सक्नुहुन्छ।
यदि तपाईंले आफ्नो मतपत्र बिगार्नु वा च्यात्नु भयो भने, तपाईंले निर्वाचन कर्मचारीलाई फिर्ता दिन सक्नुहुन्छ र नयाँ माग्न सक्नुहुन्छ।
तपाईंले आफ्नो मतपत्र भर्न मद्दत माग्न पनि सक्नुहुन्छ।
तपाईंको मत तपाईंको मात्र रोजाई हो
यो जान्न महत्त्वपूर्ण छ कि तपाईंले कसलाई मतदान गर्ने भनेर मात्र निर्णय गर्न सक्नुहुन्छ। अन्य व्यक्तिहरूले कसलाई मतदान गर्ने भनेर सुझाव दिन सक्छन् तर उनीहरूले चाहेअनुसार मतदान गर्न दबाब दिन सक्दैनन्। तपाईंले मतदान गर्नु अघि तपाईंको नाम तालिकामा जाँच गरिने भए तापनि तपाईंले मत गरेपछि तपाईंको मत बेनामी र गोप्य हुन्छ।
यदि तपाईंले जसलाई मतदान गर्नुभयो त्यो कुरा अरू मानिसहरूलाई भन्न चाहनुहुन्छ भने यो तपाईंको मर्जी हो। तपाईंलाई उनीहरूलाई बताउन कसैले जबरजस्ती गर्न सक्दैनन्, सरकारी अधिकारीहरूले पनि सक्दैनन्। यदि तपाईं असुरक्षित वा दबाब महसुस गर्नुहुन्छ भने, तपाईंले कसलाई मतदान गर्नुभयो भन्ने बारे झुट बोल्नु गैरकानूनी हुँदैन र तपाईंको भोट गोप्य भएकोले कसैले पनि कहिल्यै पत्ता लगाउन सक्नेछैनन्।