न्यू साउथ वेल्स (NSW)

न्यू साउथ वेल्सको (NSW) संसदले कसरी काम गर्छ

न्यु साउथ वेल्सको (NSW) संसदले कसरी काम गर्छ र आफ्नो मतदानलाई प्रभावकारी बनाउन कसरी यसको चुनावमा मतदान गर्ने भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ।

एन एस डब्ल्युमा (NSW), तपाईं प्रजातान्त्रिक रूपमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट प्रत्येक चार वर्षमा कानून बनाउन र समीक्षा गर्न उम्मेदवारहरूलाई संसदमा चयन गर्नुहुन्छ।

यी उम्मेदवारहरू सामान्यतया - राजनीतिक दलका सदस्यहरू हुन्छन्- तर सधैँ नहुन पनि सक्छन्। राजनीतिक दलहरू एन एस डब्ल्यु राज्य सरकार (NSW State Government) बन्न सक्छन् जब उनीहरूको उम्मेदवारहरू बहुमतले (कम्तिमा ४६ ले) निर्वाचित हुन्छन्। सरकार बनाउन नसक्ने सबैभन्दा ठूलो दललाई प्रतिपक्ष (Opposition) भनिन्छ । बहुमत नभएको दलले पर्याप्त बहुमत भएका अन्य दल र उम्मेदवारहरूसँग गठबन्धन गरेमा सरकार बनाउन सक्छन् ।

पार्टीमा सम्बन्धित नभएका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भनिन्छ। स्वतन्त्र उम्मेदवार र साना दलका सदस्यहरू जो निर्वाचित हुन्छन् र सरकार वा प्रतिपक्षमा सामेल हुँदैनन्, उनीहरूलाई कहिलेकाहीँ क्रसबेन्च (Crossbench) भनिन्छ।

सफलतापूर्वक निर्वाचित भएका उम्मेदवारहरूलाई विधान सभाका सदस्य (Legislative Assembly) (एम एल ए) वा विधान परिषद्का सदस्य (Members of the Legislative Council) (एम एल सी) भनिन्छ। तिनीहरू या त कुनै निश्चित जिल्ला वा विधान सभामा 'निर्वाचकहरू' वा विधान परिषदमा सम्पूर्ण एन एस डब्ल्युको प्रतिनिधित्व गर्छन्।


एन एस डब्ल्यु संसद दुई भाग मिलेर बनेको छ जसलाई सदन भनिन्छ:

विधान सभा (तल्लो सदन)

यो ९३ सदस्यहरू मिलेर बनेको छ। यहाँ कानून बनाइन्छ, र राज्यको बजेट पारित हुन्छ। प्रिमियर, सरकारको नेता, यो सदनमा निर्वाचित हुन्छन्।

विधान परिषद् (माथिल्लो सदन) 

यो ४२ सदस्यहरू मिलेर बनेको छ। यहाँ व्यवस्थापिकाले पारित गरेको कानूनको समीक्षा हुन्छ । एमएलसीहरू सम्पूर्ण राज्यमा आठ वर्षका लागि निर्वाचित हुन्छन्, जसमा परिषदका आधा सदस्यहरूले मात्र प्रत्येक चार-वर्षीय निर्वाचन चक्रमा चुनावको सामना गर्छन्।

उम्मेदवारहरूका लागि मतदान दुबै सदनमा महत्त्वपूर्ण छ किनभने सरकारको निर्णयमा उनीहरू दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ कानून बनाउनुअघि दुवै सदन सहमत हुनुपर्छ।

थप जानकारीका लागि NSW Parliament website मा, हेर्नुहोस्।