म कसरी नामांकन हुन सक्छु?

Federal

तपाईलाई के चाहिन्छ

नामांकन गर्न, तपाईं को हुनुहुन्छ भनेर तपाईंले प्रमाणित गर्न आवश्यक छ। तपाईंले यो गर्न सक्ने तीन तरिकाहरू छन्:

  • आफ्नो अष्ट्रेलियाली चालक अनुमति नम्बर दिनुहोस्
  • आफ्नो अस्ट्रेलियाली राहदानी नम्बर दिनुहोस्
  • तपाईंले चिन्ने व्यक्तिलाई आफ्नो पहिचान पुष्टि गर्न लगाउनुहोस्, जो पहिले नै अष्ट्रेलियामा भोट गर्न दर्ता भइसकेका छन्।

अनलाइन नामांकन गर्ने

तपाईं AEC website (ए इ सी) वेबसाइट मार्फत अनलाइन नामांकन गर्न सक्नुहुन्छ।

‘Enrol to vote’ ('भोट गर्न नामांकन गर्नुहोस्') मा क्लिक गर्नुहोस्, र त्यसपछि तपाइँको बारेमा निम्न जानकारी सहित प्रत्येक चरणमा प्रश्नहरूको जवाफ दिनुहोस्:

  • नाम
  • जन्मस्थान र जन्ममिति
  • हुलाक र भौतिक घरको ठेगाना
  • नागरिकता
  • सम्पर्क इमेल र फोन नम्बर
  • तपाईंको अष्ट्रेलियाली चालक अनुमति पत्र वा राहदानी नम्बर

यदि तपाइँ आफ्नो पहिचान पुष्टि गर्न, आफुले चिनेको व्यक्तिलाई सोध्न चाहानुहुन्छ, जो पहिले नै अस्ट्रेलियामा मतदान गर्न दर्ता भइसकेका छन् भने तपाइँले अनलाइन फारम छाप्न र AEC (ए इ सी) लाई हुलाक गर्न आवश्यक छ। तपाईंले अनलाइनमा आफ्नो नामांकन प्रकृयालाई अन्तिम रूप दिन सक्नुहुने छैन।

  1. फारमद्वारा नामांकन गर्ने

    यदि तपाइँ कागजी फारमको साथ नाम दर्ता गर्न चाहनुहुन्छ भने, तपाइँ या त:

    १. PDF (पी डी एफ) फारम डाउनलोड गर्नुहोस् र छाप्नुहोस

    यो गर्नको लागि AEC website (ए इ सी) वेबसाइटमा जानुहोस्। आफू बसोबास गर्ने राज्य वा क्षेत्रको उपयुक्त फाराम डाउनलोड गरेको निश्चित गर्नुहोस्।

    २. कुनै पनि AEC (ए इ सी) कार्यालय वा राज्य/क्षेत्रीय कार्यालयबाट फारम सङ्कलन गर्नुहोस्

    आफ्नो नजिकको AEC (ए इ सी) कार्यालय फेला पार्न यहाँ क्लिक गर्नुहोस् वा १३ २३ २६ मा कल गर्नुहोस्। यदि तपाइँ अंग्रेजी बाहेक अन्य भाषामा कल गर्न चाहनुहुन्छ भने, तपाइँ यहाँ सूचीबद्ध नम्बरहरूमा AEC (ए इ सी) लाई कल गर्न सक्नुहुन्छ।

    ३. AEC (ए इ सी) लाई सम्पर्क गर्नुहोस् र तपाईंलाई फारम पठाउन लगाउनुहोस्

    यहाँ हेर्नुहोस्।

    फारमद्वारा दर्ता गर्न, तपाईंले आफ्नो बारेमा निम्न जानकारी भर्नु पर्छ:

    • नाम
    • जन्मस्थान र जन्ममिति
    • हुलाक र भौतिक घरको ठेगाना
    • नागरिकता
    • सम्पर्क इमेल र फोन नम्बर
    • तपाईंको अष्ट्रेलियाको चालक अनुमति पत्र वा राहदानी नम्बर वा तपाईंको पहिचान पुष्टि गर्न,तपाईंले चिनेको व्यक्ति, जो पहिले नै अस्ट्रेलियामा मतदान गर्न नामांकन भइसकेको छ, उसलाई फारममा हस्ताक्षर गराउनुहोस् र मिति भर्न लाउनुहोस्।

    त्यसपछि तपाईंले भरिएको कागज फारम AEC (ए इ सी) मा फिर्ता गर्नुपर्छ। तपाईंले यसलाई फिर्ता गर्नु अघि फारममा हस्ताक्षर गर्न सम्झनुहोस्। तपाइँ निम्न तरिकामा फारम फिर्ता गर्ने तरिका छनौट गर्न सक्नुहुन्छ:

    १. AEC (ए इ सी) लाई हुलाक गर्नुहोस्

    (तपाईले टिकट प्रयोग गर्न आवश्यक छैन)
    AEC
    Reply Paid 9867
    [तपाईको राजधानी]

    २. स्क्यान गर्नुहोस् र वेबसाइटमा अपलोड गर्नुहोस्

    AEC (ए इ सी) वेबसाइटमा यहाँ जानुहोस् र upload enrolment, change name, or address form’ ('अपलोड नामांकन, नाम परिवर्तन, वा ठेगाना फारम’) मा क्लिक गर्नुहोस्।

    ३. फ्याक्स

    विवरणहरू यहाँ फेला पार्नुहोस्

    4. आफ्नो स्थानीय AEC (ए इ सी) कार्यालयमा सम्पर्क गर्नुहोस्

    विवरणहरू यहाँ फेला पार्नुहोस्

यदि तपाइँको स्थायी ठेगाना छैन भने के गर्ने

यदि तपाईं हाल एक निश्चित वा स्थायी ठेगानामा बस्नुहुन्न भने, तपाईंले मतदान गर्न चाहनु भएको राज्य वा क्षेत्रको लागि ‘No fixed address enrolment form’ ('कुनै निश्चित ठेगाना नभएको अवस्थाको नामांकन फारम') प्रयोग गरी नामांकन गर्नुपर्छ। तपाईंले फारम यहाँ डाउनलोड गर्न सक्नुहुन्छ:

वा AEC (ए इ सी) कार्यालयबाट फारम सङ्कलन गर्नुहोस्।

तपाइँलाई निम्न मध्ये एक को लागि नामांकन गर्न सोधिनेछ:

  • ठेगानाको लागि जहाँ तपाईं अन्तिम पटक दर्ता हुन योग्य हुनुहुन्थ्यो, वा
  • तपाईंको आफन्तको नाम दर्ता भएको ठेगानाको लागि, वा
  • तपाईं कहाँ जन्मनुभयो, वा
  • जहाँ तपाईं सबैभन्दा नजिक हुनुहुन्छ (अष्ट्रेलिया बाहिर जन्मेकाहरूका लागि) ।

विशेष परिस्थितिहरूमा अन्य नामांकन विकल्पहरू बारे थप जान्नको लागि https://www.aec.gov.au/enrol/#specialenrolment मा भ्रमण गर्नुहोस्।

आफ्नो ठेगाना गोप्य राख्दै (‘silent elector’) ('मौन मतदाता')

एकचोटि तपाईंले मतदान गर्न नामांकन गरेपछि, तपाईंको ठेगाना सार्वजनिक सूची (मतदाता नामावली) मा प्रकाशित गरिनेछ।

यदि तपाइँ तपाइँको ठेगाना प्रकाशित गर्दा तपाइँ वा तपाइँको परिवारलाई खतरामा पार्न सक्छ भन्ने विश्वास गर्नुहुन्छ भने, तपाइँ "मौन मतदाता" बनेर तपाइँको ठेगाना गोप्य राख्न आवेदन दिन सक्नुहुन्छ।

'मौन मतदाता' बन्न आवेदन दिनको लागि, तपाईंले आवेदन फारम भरेर AEC (ए इ सी) मा फिर्ता गर्नुपर्नेछ। तपाईंले अझै पनि नामांकन फारमका साथै यो आवेदन फारम भर्नुपर्छ।

तपाईं यहाँ आफ्नो राज्य वा क्षेत्रको लागि मौन मतदाता फारम डाउनलोड गर्न सक्नुहुन्छ।

तपाईंले आफ्नो बारेमा निम्न जानकारी प्रदान गर्न आवश्यक हुनेछ:

  • नाम
  • जन्ममिति
  • लिङ्ग
  • हुलाक र भौतिक घरको ठेगाना
  • सम्पर्क इमेल र फोन नम्बर

तपाईंले ‘statutory declaration’ ('वैधानिक घोषणा') पनि भर्नुपर्छ। आफ्नो आवासीय ठेगाना प्रकाशित गर्नाले तपाईं वा तपाईंको परिवारलाई खतरामा पार्न सक्छ भन्ने तपाईंलाई किन विश्वास छ भनी तपाईले व्याख्या गर्नुपर्छ।

वैधानिक घोषणा भनेको आधिकारिक घोषणा वा गवाही हो, र तपाईंले फारममा हस्ताक्षर गर्न साक्षी खोज्नुपर्छ। यो साक्षीले फारममा सूचीबद्ध कार्यहरू मध्ये कुनै एकमा काम गर्नुपर्छ।

मौन मतदाता हुनको लागि तपाईको आवेदन AEC (ए इ सी) द्वारा विचार गरिनेछ, र तपाईले एउटा पत्र प्राप्त गर्नुहुनेछ जसले तपाईको आवेदन स्वीकृत भएको वा नभएको सल्लाह दिनेछ।

तपाईंको ठेगाना अद्यावधिक गर्दै

तपाईंले घर सार्न प्रत्येक पटक AEC (ए इ सी) लाई बताउनुपर्छ ताकि तिनीहरूले मतदाता नामावलीमा तपाईंको ठेगाना अद्यावधिक गर्न सकून्। तपाईंले नामांकन गर्नका लागि चरणहरू पछ्याएर यो गर्न सक्नुहुन्छ।

थप जानकारी

थप जानकारीको लागि AEC Easy English Guide (ए इ सी सजिलो अंग्रेजी मार्गदर्शन) डाउनलोड गर्नुका साथै AEC (ए इ सी) वेबसाइटमा कसरी नामांकन गर्ने भन्ने बारे थप जानकारी पाउन सक्नुहुन्छ। AEC (ए इ सी) सँग यहाँ अन्य भाषाहरूमा मतदान गर्न नामांकन गर्ने बारे जानकारी छ।