हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिने
हुलाक मार्फत मतदान गर्नको लागि, तपाईंले २०२५ राज्य निर्वाचनमा हुलाक मार्फत मतदान गर्न अहिलेबाट नै आवेदन दिन सक्नुहुन्छ। The Western Australian Electoral Commission (WAEC) ले तपाईंलाई हुलाक मार्फत एउटा मतपत्र पठाउनेछ जुन तपाईंले हुलाकबाटै उनीहरूलाई फिर्ता गर्न आवश्यक छ। हुलाकद्वारा गरिने मतदान निःशुल्क छ।
तपाईंले यी तरिकाले आवेदन दिन सक्नुहुन्छ:
- अनलाइन
- हुलाक वा इमेलद्वारा आवेदन पूरा गरेर पठाएर
- प्रारम्भिक सामान्य हुलाक मतदाताको रूपमा दर्ता गरेर।
प्रारम्भिक सामान्य हुलाक मतदाताहरूले हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिन आवश्यक पर्दैन किनकि उनीहरूलाई स्वचालित रूपमा मतपत्र पठाइनेछ।
कसरी आवेदन दिने भन्नेबारे थप विवरण निर्वाचनको समय नजिक हुँदा प्रकाशित गरिनेछ। थप जानकारीको लागि यहाँ हेर्नुहोस्।
समयसीमा कस्तो हुन्छ?
- The WAEC ले मतदानको दिनमा तपाईंको पूरा मतपत्रहरू प्राप्त गर्नुपर्छ।
के म योग्य छु ?
तपाईंले आवेदन दिन सक्नुहुन्छ, यदि तपाईं:
- वेस्टर्न अष्ट्रेलिया बाहिर हुनुहुनेछ
- निर्वाचनको दिन मतदान केन्द्रबाट ८ किलोमिटरभन्दा बढी टाढा हुनुहुनेछ
- यात्रा गर्दै हुनुहुनेछ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुन असमर्थ हुनुहुनेछ
- गम्भीर रोग वा अवस्थामा हुनुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
- मातृत्वको समय नजिक हुनुहुँदैछ
- धार्मिक विश्वासहरू राख्नुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
- सुधार केन्द्रमा हुनुहुन्छ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोकिनुभएको छ
- अस्पताल भन्दा बाहिर नै व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ, जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा जानबाट रोक्छ
- चुनावको दिनमा काम गर्दै हुनुहुनेछ
- एक मौन मतदाता हुनुहुन्छ
- अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ
- चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनाले तपाईंको व्यक्तिगत सुरक्षा वा तपाईंको परिवारको सुरक्षालाई जोखिममा पार्छ भन्ने विश्वास गर्नुहुन्छ
हुलाकद्वारा गरिने मतदानद्वारा मतदान गर्ने
तपाईंलाई दुईवटा मतपत्र, के गर्ने भन्नेबारे एउटा पर्चा र एउटा खाम पठाइनेछ।
तपाईंले गोप्य रूपमा चुनावी मतपत्र भर्नुपर्छ । तपाईंले कसैलाई मद्दत गर्नको लागि सोध्न सक्नुहुन्छ, तर त्यो व्यक्तिले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनु हुँदैन र तपाईंको सहमति बिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनु हुँदैन।
तपाईंले दुई मतपत्रहरू भरिसकेपछि, तिनीहरूलाई खाममा राख्नुहोस् र यसलाई बन्द गर्नुहोस्। सकेसम्म चाँडो खामलाई हुलाकबाट फिर्ता गर्नुहोस्।