वेस्ट्र्न अष्ट्रेलिया

वेस्टर्न अष्ट्रेलियाको संसदले कसरी काम गर्छ

वेस्टर्न अष्ट्रेलियाको संसदले (Western Australia’s (WA) Parliament) कसरी काम गर्छ र आफ्नो मतदानलाई प्रभावकारी बनाउन कसरी यसको चुनावमा मतदान गर्ने भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ।

WA मा प्रत्येक चार वर्षमा संसदको लागि प्रतिनिधिहरूलाई निर्वाचित गरेर तपाईं लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुहुन्छ। यी प्रतिनिधिहरूलाई तपाईंको तर्फबाट कानूनको समीक्षा र निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

सामान्यतया, उम्मेदवारहरू राजनीतिक दलहरूसँग सम्बन्धित हुन्छन्  , यद्यपि केही स्वतन्त्र रूपमा उम्मेदवार हुन सक्छन्। कुनै राजनीतिक दलका बहुमतका उम्मेदवारहरू विधानसभा  (the House of Assembly) मा  निर्वाचित भएमा त्यस दलले  डब्ल्यू.ए. राज्य सरकार  (the WA State Government) गठन गर्न सक्छ।

निर्वाचित प्रतिनिधिहरूलाई विधानसभा सदस्य (MLA) (Members of the Legislative Assembly वा विधान परिषदका सदस्य (Members of the Legislative Council) (MLC) भनिन्छ। MLAs ले विधानसभामा विशेष जिल्लाहरू वा निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्, जबकि MLCs ले विधान परिषदमा सम्पूर्ण राज्यको प्रतिनिधित्व गर्छन् ।

डब्ल्यू.. संसदमा दुई सदनहरू छन्:

विधानसभा (तल्लो सदन) The Legislative Assembly (Lower House) ५९ सदस्यहरू मिलेर बनेको छ, जहाँ कानून बनाइन्छ, र राज्यको बजेट पारित हुन्छ। प्रिमियर  (The Premier), सरकार प्रमुख यस सदनमा निर्वाचित हुन्छन्।

विधान परिषद (माथिल्लो सदन) The Legislative Council (Upper House) ३७ सदस्यहरू मिलेर बनेको छ, जहाँ विधानसभाले पारित गरेको कानूनको समीक्षा हुन्छ । MLCs चार-वर्षको कार्यकालको लागि निर्वाचित हुन्छन्, परिषदका सबै सदस्यहरूले प्रत्येक चुनावी चक्रमा चुनावको सामना गर्छन्।

दुवै सदनमा उम्मेदवारहरूका लागि मतदान गर्न महत्त्वपूर्ण छ किनभने सरकारको निर्णयमा उनीहरू दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ कानून बनाउनु अघि दुवै सदन सहमत हुनुपर्छ।

थप जानकारीका लागि,  डब्ल्यू.ए. संसदको वेबसाईटमा हेर्नुहोस्।