टास्मानिया
टास्मानियामा हुलाक द्वारा गरिने मतदान
हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिने
हुलाक मार्फत मतदान गर्नको लागि, तपाईंले हुलाक मार्फत मतदान गर्न आवेदन दिन सक्नुहुन्छ। The Tasmanian Electoral Commission ले तपाईंलाई हुलाक मार्फत एउटा मतपत्र पठाउनेछ जुन तपाईंले हुलाकबाटै उनीहरूलाई फिर्ता गर्न आवश्यक छ। हुलाकद्वारा गरिने मतदान निःशुल्क छ।
तपाईंले यी तरिकाले आवेदन दिन सक्नुहुन्छ:
- अनलाइन
- हुलाकमा आवेदन भरेर पठाएर
कसरी आवेदन दिने भन्नेबारे थप विवरण निर्वाचन नजिक प्रकाशित गरिनेछ। थप जानकारीको लागि यहाँ हेर्नुहोस्।
के म योग्य छु ?
तपाईंले आवेदन दिन सक्नुहुन्छ यदि तपाईं:
- टास्मानिया बाहिर हुनुहुनेछ
- निर्वाचनको दिन मतदान केन्द्रबाट ८ किलोमिटरभन्दा बढी टाढा हुनुहुनेछ
- यात्रा गर्दै हुनुहुनेछ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुन असमर्थ हुनुहुनेछ
- गम्भीर रोग वा अवस्थामा हुनुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
- मातृत्व नजिक हुनुहुँदैछ
- धार्मिक विश्वासहरू राख्नुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
- सुधार केन्द्रमा हुनुहुन्छ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोकिनु भएको छ
- अस्पताल भन्दा बाहिर नै व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ, जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा जानबाट रोक्छ।
- चुनावको दिनमा काम गर्दै हुनुहुनेछ
- एक मौन मतदाता हुनुहुन्छ
- अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ
- चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनाले तपाईंको व्यक्तिगत सुरक्षा वा तपाईंको परिवारको सुरक्षालाई जोखिममा पार्छ भन्ने विश्वास गर्नुहुन्छ