टास्मानिया

टास्मानियाली संसदले कसरी काम गर्छ

टास्मानियाको संसदले (Tasmaina’s Parliament) कसरी काम गर्छ र आफ्नो मतदानलाई प्रभावकारी बनाउन कसरी यसको चुनावमा मतदान गर्ने भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ।

टास्मानिया (Tasmania) मा तपाईं प्रत्येक चार वर्षमा संसदका लागि प्रतिनिधिहरूलाई निर्वाचित गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुहुन्छ। यी प्रतिनिधिहरूलाई तपाईंको तर्फबाट कानूनको समीक्षा र निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

सामान्यतया, उम्मेदवारहरू राजनीतिक दलहरूसँग सम्बन्धित हुन्छन्, यद्यपि केही स्वतन्त्र रूपमा उम्मेदवार हुन सक्छन्। कुनै राजनीतिक दलका बहुमतका उम्मेदवारहरू विधानसभा  (the House of Assembly) मा  निर्वाचित भएमा त्यस दलले टास्मानियाली राज्य सरकार  (the Tasmanian State Government) गठन गर्न सक्छ।

निर्वाचित प्रतिनिधिहरूलाई विधानसभाका सदस्य (Members of the House of Assembly) (MHA) वा विधान परिषदका सदस्य (Members of the Legislative Council) (MLC) भनिन्छ । MHAs ले विधानसभामा विशेष जिल्लाहरू वा निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्, जबकि MLCs ले विधान परिषदमा विशेष विभाजनहरूको प्रतिनिधित्व गर्छन्।

टास्मानियाली संसदमा दुई सदनहरू छन्: 

३५ सदस्यीय  विधानसभा (तल्लो सदन) (The House of Assembly (Lower House) जहाँ कानून बनाइन्छ र राज्यको बजेट पारित हुन्छ। प्रिमियर, (The Premier) सरकार प्रमुख यस सदनमा निर्वाचित हुन्छन्।

१५ सदस्यीय विधान परिषद (माथिल्लो सदन) The Legislative Council (Upper House) जहाँ विधानसभाले पारित गरेको कानूनको समीक्षा हुन्छ। MLCs छ वर्षको अवधिका लागि निर्वाचित हुन्छन्,  जसमा परिषदका केहि सदस्यहरूले प्रत्येक वर्ष चुनावको सामना गर्ने गर्दछन्।

दुवै सदनमा उम्मेदवारहरूका लागि मतदान गर्न महत्त्वपूर्ण छ किनभने सरकारको निर्णयमा उनीहरू दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ कानून बनाउन अघि दुवै सदन सहमत हुनुपर्छ।

थप विवरणहरूका लागि, टास्मानियाली संसदको वेबसाइटमा हेर्नुहोस्।