साउथ अष्ट्रेलिया

साउथ अष्ट्रेलियाली संसदले कसरी काम गर्छ

साउथ अष्ट्रेलियाको संसद  (South Australia’s Parliament) ले कसरी काम गर्छ र आफ्नो मतलाई प्रभावकारी बनाउन यसको चुनावमा कसरी मतदान गर्ने भनेर बुझ्नु महत्त्वपूर्ण छ।

साउथ अष्ट्रेलिया (South Australia) मा, तपाईं प्रजातान्त्रिक रूपमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट प्रत्येक चार वर्षमा कानून निर्माण गर्न र समीक्षा गर्न संसदमा उम्मेदवारहरू चयन गर्नुहुन्छ।

यी उम्मेदवारहरू प्रायः – तर सधैँ होइन – राजनीतिक दलका सदस्यहरू हुन्छन्। यदि कुनै राजनीतिक दलका बहुमत उम्मेदवारहरू निर्वाचित भए भने, त्यो दल साउथ अष्ट्रेलियाली सरकार (the South Australian Government) बन्न सक्छ। सरकार बनाउन नसक्ने सबैभन्दा ठूलो दललाई प्रतिपक्ष (Opposition) भनिन्छ।

सफलतापूर्वक निर्वाचित भएका उम्मेदवारहरूलाई विधानसभाका सदस्य (Members of the House of Assembly) (MHA) वा विधान परिषदका सदस्य (Members of the Legislative Council) (MLC) भनिन्छ । यिनीहरूले विधानसभामा सम्पूर्ण साउथ अष्ट्रेलिया या विधान परिषदमा निश्चित निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्।

साउथ अष्ट्रेलियाली संसद दुई भाग मिलेर बनेको छ जसलाई सदन भनिन्छ:

विधानसभा (तल्लो सदन) The House of Assembly (Lower House): 

यो ४७ सदस्यहरू मिलेर बनेको छ। यहाँ कानून बनाइन्छ, र राज्यको बजेट पारित हुन्छ। प्रिमियर, सरकारको नेता, विजयी राजनीतिक दलका नेता हुन् ।   

विधान परिषद (माथिल्लो सदन) The Legislative Council (Upper House):

यो २२ सदस्यहरू मिलेर बनेको छ। यहाँ विधानसभाले पारित गरेको कानूनको समीक्षा हुन्छ ।

एम.एल.सी.हरू सम्पूर्ण राज्यमा आठ वर्षको अवधिका लागि निर्वाचित हुन्छन्, जसमा परिषदका आधा सदस्यहरूले मात्र प्रत्येक चार-वर्षीय निर्वाचन चक्रमा चुनावको सामना गर्छन्।

दुवै सदनमा उम्मेदवारहरूका लागि मतदान गर्न महत्त्वपूर्ण छ किनभने सरकारको निर्णयमा उनीहरू दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ कानून बनाउनु अघि दुवै सदन सहमत हुनुपर्छ।

थप जानकारीका लागि, साउथ अष्ट्रेलियाa संसदको वेबसाईटमा हेर्नुहोस्।