क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डमा कहिले र कहाँ मतदान गर्ने

के मतदान गर्न सक्छु?

तपाईंले क्वीन्सल्याण्ड राज्य निर्वाचनमा मतदान गर्न सक्नुहुन्छ यदि तपाईं:

यदि तपाईंले समयसीमा भित्र नामांकन गर्नुभएन भने, तपाईंले  अझै पनि चुनावको दिनमा मतदान गर्न सक्नुहुन्छ।  त्यहीँ स्थानमा नामांकन र  मतदान गर्न मतदान केन्द्रमा जानुहोस् । तपाईंको सवारी चालक अनुमतिपत्र, लर्नर परमिट, अष्ट्रेलियाली राहदानी, वा तपाईंको नाम र ठेगाना देखाउने हालसालैको बिजुलीको बिल वा परिषदको दरको सूचना जस्ता परिचयपत्र ल्याउनुभएको सुनिश्चित गर्नुहोस्।  क्वीन्सल्याण्ड  निर्वाचन आयोग  (the Electoral Commission of Queensland ) (ECQ) मतदान केन्द्रका कर्मचारीलाई तपाईंकों  नाम दर्ता नभएको जानकारी दिनुहोस्, र उनीहरूले तपाईंलाई सहयोग गर्न सक्छन्।

के मैले मतदान गर्नुपर्छ?

पर्छ, यदि तपाईंले माथि सूचीबद्ध मापदण्डहरू पूरा गर्नुभएको छ भने, तपाईंले मतदान गर्नैपर्छ। यदि तपाईंले मतदान नगर्ने उचित कारण बिना मतदान गर्नुभएन भने तपाईंलाई जरिवाना लाग्न सक्छ।

मतदान कहिले गर्ने

क्विन्सल्याण्डका धेरै मानिसहरूले चुनावको दिन मतदान गर्नेछन्। निर्वाचनको दिन शनिबार बिहान 0८:00 बजेदेखि १८:00 बजेसम्म मतदान खुला रहनेछ ।

अर्को क्वीन्सल्याण्ड राज्य चुनाव २६ अक्टोबर २०२४ मा हुने तय भएको छ।

यदि तपाईं चुनावको दिनमा मतदान गर्न सक्नुहुन्न भने, तपाईं तल सूचीबद्ध गरिएका अन्य विकल्पहरू प्रयोग गरेर व्यक्तिगत रूपमा वा मेल (हुलाकद्वारा गरिने मतदान) मार्फत मतदान गर्न सक्नुहुन्छ।

मतदान कहाँ गर्ने

तपाईंले मतदान गर्न सक्नुहुन्छ:

  • कुन-कुन मतदान केन्द्रहरू उपलब्ध छन् भन्ने कुरा तपाईंले https://www.ecq.qld.gov.au मा हेर्न सक्नुहुन्छ वा 1300 881 665 मा फोन गरेर के विकल्पहरू उपलब्ध छन् भनी थाहा पाउन सक्नुहुन्छ।
  • चुनावको दिन भन्दा अघि - प्रारम्भिक मतदान केन्द्रमा वा हुलाकद्वारा गरिने मतदानद्वारा। तपाईंले निर्वाचनको दिनसम्मको दुई हप्ता अघि प्रारम्भिक मतदान केन्द्रहरूमा मतदान गर्न सक्नुहुन्छ। तपाईंलाई चाँडै मतदान गर्न कुनै कारण चाहिँदैन। तपाईंले https://www.ecq.qld.gov.au मा हेरेर वा 1300 881 665 मा फोन गरेर के विकल्पहरू उपलब्ध छन् भनी थाहा पाउन सक्नुहुन्छ।
  • फोन मार्फत मतदान गर्नुहोस् - यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले टेलिफोन सहायताप्राप्त मतदान प्रयोग गर्न सक्नुहुनेछ। तपाईंले थप जानकारी यहाँ पाउन सक्नुहुन्छ।
  • मोबाइल (चल्ने ) मतदान र झ्यालखानाबाट गरिने मतदान - निर्वाचन अधिकारीहरूले चुनावको समयमा योग्य दुर्गम क्षेत्रहरूमा मतदाताहरूलाई भेट्न सक्छन्। ३ वर्षभन्दा कम अवधिको सजाय काटिरहेका कैदीहरू मतदान गर्न योग्य छन्। तपाईंले थप जानकारी यहा पाउन सक्नुहुन्छ।

मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्रमा के हुन्छ ?

मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्र बाहिर, तपाईंले उम्मेदवारहरू र/वा स्वयंसेवकहरूले उम्मेदवारहरूलाई मद्दत गरेको देख्न सक्नुहुन्छ। उनीहरूले तपाईंलाई 'कसरी-मतदान-गर्ने’ (‘how-to-vote') कार्ड भनिने कागज  प्रदान गर्न सक्छन्।

यदि तपाईं चाहनुहुन्न भने तपाईंले कसरी-मतदान-गर्ने कार्ड लिन वा पालना गर्न आवश्यक छैन। यदि तपाईं उम्मेदवारको नीतिहरूसँग सहमत हुनुहुन्छ भने कसरी मतदान गर्ने भनेर निर्णय गर्न यसले मद्दत गर्न सक्छ। यद्यपि, तपाईंले अझै पनि उम्मेद्वारलाई मतदान गर्न सक्नुहुन्छ र अन्य उम्मेद्वारहरूलाई कसरी-मतदान-गर्ने कार्डले सुझाव दिएको भन्दा फरक क्रममा श्रेणी निर्धारण गर्न सक्नुहुन्छ।

मतदान केन्द्र भित्र, तपाईंले नामहरूको सूचीको साथ टेबलमा ECQ निर्वाचन अधिकारी देख्नुहुनेछ। तपाईंले निर्वाचन अधिकारीसँग चेक इन गर्न आवश्यक छ। उनीहरूले तपाईंको नाम, तपाईंको ठेगाना, यदि तपाईं पहिले नै चुनावमा मतदान गरिसक्नुभएको छ कि भन्ने कुरा, र तपाईंको मतदाता पुष्टि गर्न सोध्नेछन्। निर्वाचन अधिकारीले तपाईंलाई एउटा मतपत्र दिनेछन् र तपाईंले कहाँ मतदान गर्नुपर्छ भनी देखाउनेछन्।

तपाईंले कार्डबोर्ड (गत्ता) मतदान बुथहरूमा मतदान गर्नुहुनेछ। बुथहरूमा विभाजनहरू गरिएका हुन्छन् त्यसैले तपाईं कसरी मतदान गर्नुहुन्छ भनेर अरू कसैले देख्न सक्दैनन्। बुथहरूमा सिसाकलमहरू हुन्छन् जुन तपाईंले आफ्नो मत चिन्ह लगाउन प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईंले आफ्नै सिसाकलम वा कलम पनि प्रयोग गर्न सक्नुहुन्छ।

यदि तपाईंलाई चुनावी मतपत्रहरू भर्न मद्दत चाहिन्छ भने, तपाईंले सहयोग गर्ने व्यक्ति वा साथीलाई साथमा लैजान सक्नुहुन्छ। निर्वाचन अधिकारीले पनि तपाईंलाई मद्दत गर्न सक्छन्। यस्ता सहयोगीले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनुहुँदैन र तपाईंको सहमति बिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनुहुँदैन।

यदि तपाईं चुनावको दिन विदेश वा अन्तरराज्यीय हुनुहुन्छ भने के गर्ने?

यदि तपाईं चुनावको दिन (अष्ट्रेलिया भित्र वा विदेश) को यात्रा गर्दै हुनुहुन्छ भने, तपाईं या त:

  • प्रारम्भिक मतदान केन्द्रमा समय अगावै मतदान गर्नुहोस्
  • यदि तपाईं विदेश यात्रा गर्दा मतदान गर्न सक्षम हुनुहुन्न भने, तपाईंले क्वीन्सल्याण्ड निर्वाचन आयोगलाई सूचित गर्न सक्नुहुन्छ।। यदि तपाईं अनिश्चित कालका लागि यात्रा गर्दै हुनुहुन्छ भने, तपाईंलाई मतदाता नामावलीबाट हटाउन सकिन्छ र तपाईं फर्किएपछि पुन: नामांकन गर्न सकिन्छ ।

थप जानकारीको लागि तपाईंले 1300 881 665 मा ECQ लाई फोन पनि गर्न सक्नुहुन्छ।