क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डमा हुलाकद्वारा गरिने मतदान

क्वीन्सल्याण्डमा हुलाकद्वारा गरिने मतदान

हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिने

हुलाक मार्फत मतदान गर्नको लागि, तपाईंले आगामी राज्य निर्वाचनमा हुलाकद्वारा मतदान गर्न आवेदन दिन   सक्नुहुन्छ। क्वीन्सल्याण्डको निर्वाचन आयोग The Electoral Commission of Queensland (ECQ) ले तपाईंलाई  हुलाक मार्फत एउटा मतपत्र पठाउनेछ जुन तपाईंले हुलाकबाटै उनीहरूलाई फिर्ता गर्न आवश्यक छ। हुलाकद्वारा गरिने मतदान निःशुल्क छ।

तपाईंले यी तरिकाले आवेदन दिन सक्नुहुन्छ:

यदि तपाईं विदेशमा हुनुहुन्छ भने, तपाईं निम्न गर्न सक्नुहुन्छ:

१. यसलाई ब्रिस्बेनको ECQ मा फिर्ता पठाउनुहोस्; वा

२. यसलाई छिटो फिर्तीको लागि तपाईंको नजिकको विदेशी हुलाक मतपत्र पठाउने स्थानमा लगेर पठाउनुहोस् ।

हुलाकद्वारा गरिने मतदानद्वारा मतदान गर्ने

तपाईंलाई एउटा घोषणा खाम, मतपत्र फिर्ता गर्न-भुक्तानी गरिएको खाम, एउटा मतपत्र पठाइनेछ। तपाईंले मतपत्रको शीर्षमा निर्देशनहरू फेला पार्न सक्नुहुन्छ।

तपाईंले गोप्य रूपमा चुनावी मतपत्र भर्नुपर्छ। तपाईंले कसैसँग मद्दत माग्न सक्नुहुन्छ, तर सो व्यक्तिले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनुहुँदैन र तपाईंको सहमतिबिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनुहुँदैन।

एकपटक तपाईंले मतपत्र भरिसकेपछि, यसलाई घोषणा खाममा राख्नुहोस् र बन्द गर्नुहोस् । घोषणा खाममा हस्ताक्षर गर्नुहोस् र साक्षीलाई हस्ताक्षर गर्न भन्नुहोस्। हस्ताक्षर गरिएको घोषणा खामलाई फिर्ता पठाउने ठेगाना देखिने गरी फिर्ता गर्न-भुक्तानी गरिएको खाम भित्र राख्नुहोस्। तपाईंले खाम जतिसक्दो चाडो ECQ मा फिर्ता गर्नुहोस्। तपाईंलाई टिकट चाहिँदैन।

निर्वाचनको दिन साँझ ६ बजेभित्र सबै हुलाकद्वारा गरिने मतदान सम्पन्न गरिसक्नुपर्नेछ।