क्वीन्सल्याण्ड

क्वीन्सल्याण्ड संसदले कसरी काम गर्छ

क्विन्सल्याण्डको संसद  (Queensland’s Parliament) ले कसरी काम गर्छ र तपाईंको मतलाई प्रभावकारी बनाउन यसको चुनावमा कसरी मतदान गर्ने भनेर बुझ्नु महत्त्वपूर्ण छ।

क्वीन्सल्याण्ड(Queensland) मा, तपाईं प्रजातान्त्रिक रूपमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट प्रत्येक चार वर्षमा कानून निर्माण गर्न र समीक्षा गर्न संसदमा उम्मेदवारहरू चयन गर्नुहुन्छ।

यी उम्मेदवारहरू प्रायः – तर सधैँ होइन – राजनीतिक दलका सदस्यहरू हुन्छन्। यदि कुनै राजनीतिक दलका बहुमत उम्मेदवारहरू निर्वाचित भए भने, त्यो दल क्वीन्सल्याण्ड सरकार (the Queensland Government) बन्न सक्छ। सरकार बनाउन नसक्ने सबैभन्दा ठूलो दललाई प्रतिपक्ष (Opposition) भनिन्छ। कुनै दलले बहुमत प्राप्त गर्न नसकेमा, उसले अन्य दलहरू र उम्मेदवारहरूसँग गठबन्धन गरेर बहुमत प्राप्त गर्न सक्छ र सरकार गठन गर्न सक्छ।

पार्टीमा सम्बन्धित नभएका उम्मेदवारहरूलाई स्वतन्त्र (independent) उम्मेदवारहरू भनिन्छ। स्वतन्त्र उम्मेदवारहरू र साना दलका सदस्यहरू जो निर्वाचित हुन्छन् र सरकार वा प्रतिपक्षमा सामेल हुँदैनन्, उनीहरूलाई कहिलेकाहीँ क्रसबेन्च (the Crossbench) भनिन्छ।

सफलतापूर्वक निर्वाचित प्रतिनिधिहरूलाई विधान सभाका सदस्यहरू (MLA) (Members of the Legislative Assembly) भनिन्छ। उनीहरूले विधान सभा (the Legislative Assembly) मा विशिष्ट जिल्ला वा निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्।

क्वीन्सल्याण्ड संसद एक-कक्षीय हो, जसको मतलब यसको केवल एउटा सदन हुन्छ :

विधान सभा

यो ९३ सदस्यहरू मिलेर बनेको छ। यहाँ कानूनहरू बनाइन्छ, र राज्यको बजेट पारित हुन्छ। प्रिमियर (The Premier), सरकारको नेता, यो सदनमा निर्वाचित हुन्छन्।

विधान सभामा उम्मेदवारहरूको लागि मतदान गर्नु महत्त्वपूर्ण छ किनभने उनीहरूले सरकारको निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन्।

थप जानकारीको लागि, Queensland Parliament  वेबसाइटमा हेर्नुहोस्।