स्थानीय सरकार को निर्वाचन

वेस्ट्र्न अष्ट्रेलिया

वेस्टर्न अष्ट्रेलियामा, स्थानीय सरकारको चुनाव हरेक दुई वर्षमा अक्टोबरको तेस्रो शनिबार हुन्छ। आफ्नो परिषदको बारेमा थप विवरणहरूका लागि कृपया वेस्टर्न अष्ट्रेलियाली निर्वाचन आयोग  (WAEC) (the Western Australian Electoral Commission) को वेबसाइट हेर्नुहोस्।

तपाईंको स्थानीय परिषद क्षेत्र पत्ता लगाउनुहोस्

तपाईंले आफ्नो नाम र ठेगाना प्रविष्ट गरेर आफ्नो नामांकन जाँच गर्न यहाँ आफ्नो स्थानीय परिषद क्षेत्र फेला पार्न सक्नुहुन्छ।

के मैले मतदान गर्नुपर्छ ?

पर्दैन। वेस्टर्न अष्ट्रेलियामा परिषद चुनावमा मतदान अनिवार्य छैन ।

तपाईं कसलाई मतदान गर्दै हुनुहुन्छ ?

तपाईंले स्थानीय सरकारमा तपाईंको प्रतिनिधित्व गर्ने एक वा बढी परिषद सदस्यहरूलाई मतदान गर्नुहुनेछ। तपाईंको परिषदको आधारमा, मेयर वा शायर अध्यक्ष भनिने, आफ्नो परिषदको प्रमुखलाई पनि तपाईंले मतदान गर्न सक्नुहुन्छ, तर अन्य अवस्थामा तपाईंले चयन गर्नुहुने परिषद सदस्यहरूले नेता छान्छन्।

वेस्टर्न अष्ट्रेलियामा, स्थानीय सरकारले तोकेको संख्याको आधारमा छ देखि १५ जना परिषद सदस्यहरू सम्मिलित परिषद बन्न सक्छ। यदि तपाईंले मेयरको लागि प्रत्यक्ष रूपमा मतदान गर्नुहुन्छ भने, परिषद सदस्यहरूको संख्या पाँच देखि १४ को बीचमा सीमित हुन्छन्।

कतिपय अवस्थामा, विभिन्न वडाहरूमा समुदायको प्रतिनिधित्व गर्न निर्वाचित सदस्यहरू सहित, स्थानीय सरकारहरू वडाहरूमा पनि विभाजित हुन सक्छन्।

स्थानीय सरकार र अन्य निर्वाचनहरूमा फर्स्ट-पास्ट-द-पोस्ट’  (‘first-past-the-post’ system) प्रणाली प्रयोग हुन्छ। यसको अर्थ मतदाताहरूले आफ्नो मनपर्ने उम्मेदवार रोज्छन् र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुन्छन्। धेरै रिक्त पदहरू रहेमा, सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवार पहिलो र त्यसपछि सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवार दोस्रोमा निर्वाचित हुन्छन्, र सबै रिक्त पदहरू नपुग्दासम्म यो प्रक्रिया जारी रहन्छ।

मतदान कसरी गर्ने

स्थानीय सरकारको निर्वाचन दुई प्रकारका हुन्छन्:

  • हुलाकद्वारा गरिने निर्वाचन
  • व्यक्तिगत रूपमा गरिने निर्वाचन।

हुलाकद्वारा गरिने निर्वाचनमा, मतदाताहरूलाई एक चुनावी प्याकेज पठाइन्छ जसमा मतपत्रहरू समावेश हुन्छन् र मतदाताहरूले घरमा मतदान गर्न र पूरा कागजातहरू हुलाक मार्फत पठाउन सक्छन्। व्यक्तिगत रूपमा मतदान गर्दा, मतदाताहरूले चाँडै वा हुलाकद्वारा मतदान गर्न सक्दछन्, तर अधिकांश मतदाताहरूले जिल्ला भित्रको मतदान स्थलमा निर्वाचनको दिन व्यक्तिगत रूपमा मतदान गर्न छनोट गर्छन्।

हुलाकद्वारा गरिने निर्वाचन

यो निर्वाचनको सबैभन्दा सामान्य रूप हो।

सबै योग्य मतदाताहरूले मतदान भन्दा दुई देखि तीन हप्ता अघि, अष्ट्रेलिया पोस्टको सेवा वितरणको आधारमा हुलाक मतदान प्याकेज प्राप्त गर्नेछन्।

प्याकेजमा निम्न समावेश हुनेछ:

  • उम्मेदवारहरूको सूची
  • मतपत्र
  • मतदान कसरी गर्ने भन्नेबारे निर्देशन
  • एक घोषणा।

मतदान गर्न, प्याकेजमा समावेश निर्देशनहरू पालना गर्नुहोस्। तपाईंको हुलाक मतदान प्याकेज मतदानको दिन १८:०० बजे भन्दा पहिले प्राप्त हुनुपर्दछ।

यदि तपाईंलाई आफ्नो हुलाक मतदान प्याकेज समयमै हुलाकद्वारा फिर्ता गर्न सकिन्न भन्ने लाग्छ भने, तपाईंले मतदान अधिकृतलाई आफैँले लगेर दिन सक्नुहुन्छ।

व्यक्तिगत रूपमा मतदान गरिने निर्वाचन

मतदानको दिन, तपाईं आफ्नो मतदान गर्न तोकिएको मतदान केन्द्रमा जानुहोस्। मतदान स्थलहरू ०८:०० देखि १८:०० सम्म खुला रहनेछन् । यदि तपाईं मतदानको दिन मतदान स्थलमा उपस्थित हुन सक्नुहुन्न भने, तपाईंले अनुपस्थित, प्रारम्भिक वा हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिन सक्नुहुन्छ ।  

हुलाक मतदान पत्रको लागि आवेदन दिन, फारम डाउनलोड गरी पूरा गर्नुहोस्। थप जानकारीको लागि वा मतदान स्थल पत्ता लगाउन, आफ्नो स्थानीय सरकारलाई सम्पर्क गर्नुहोस्।

तपाईंको मतपत्र भर्ने

तपाईंले मतदान गर्न चाहेको उम्मेदवारको नामको विपरीत बाकसमा ठीक चिन्ह लगाउनुहोस्।

तपाईंले भर्नुपर्ने रिक्त पदहरूको संख्यामा मतदान गर्नहुन्छ तर थपमा हुँदैन। यदि तपाईंले रिक्त स्थानहरूको संख्या भन्दा कम बाकसमा ठिक लगाउनु भयो भने मतदान अझै मान्य हुन्छ। यदि तपाईंले रिक्त स्थानहरू भन्दा बढी बाकसमा ठिक लगाउनु भयो भने मतदान अमान्य हुनेछ।

उदाहरणका लागि, यदि १५ रिक्त पदहरू र २० उम्मेदवारहरू छन् भने, १५ उम्मेदवारहरूमा ठीक चिन्ह लगाउनुहोस्, तर सो भन्दा बढीमा होइन।

कुनै व्यक्ति मेयर वा अध्यक्ष र परिषद सदस्य पदको लागि उम्मेदवार भएमा, मेयर वा अध्यक्षको निर्वाचन पहिले तय हुन्छ। यदि उम्मेदवार मेयर वा अध्यक्षको चुनावमा सफल भएमा, उम्मेदवारको मत परिषद सदस्यको चुनावमा गणना हुँदैन।