स्थानीय सरकार को निर्वाचन

भिक्टोरिया

भिक्टोरियामा, धेरैजसो स्थानीय परिषदको चुनाव हरेक चार वर्षमा अक्टोबरमा हुन्छ। तपाईंको परिषदको बारेमा थप विवरणहरूको लागि कृपया भिक्टोरियाली निर्वाचन आयोग (the Victorian Electoral Commission (VEC) को वेबसाइट हेर्नुहोस्।

भिक्टोरियाको स्थानीय परिषदको चुनावमा नामांकन गर्नको लागि तपाईं नागरिक हुनुपर्दैन!

यो किनभने भिक्टोरियाका स्थानीय सरकारहरूका लागि तपाईंले 'काउन्सिल इनरोलमेन्ट' नामक नामांकनको लागि आवेदन दिन सक्नुहुन्छ यदि तपाईं:

  • १८ वर्ष वा सो भन्दा बढी उमेरको हुनुहुन्छ
  • भिक्टोरियाको परिषद क्षेत्र भित्रको सम्पत्तिमा करहरू तिर्नुहुन्छ (गैर-अष्ट्रेलियाली नागरिकहरू सहित) ।  

तपाईं परिषद-नामांकित मतदाता हुनुहुन्छ कि भनेर जाँच गर्न, तपाईंको परिषदलाई सीधै सम्पर्क गर्नुहोस्।

मेलबर्न सिटी काउन्सिल  (Melbourne City Council) बाहेकका परिषद-नामांकित मतदाताहरूले मतदान गर्न अनिवार्य छैन

अन्य सबै मतदाताले मतदान गर्नुपर्ने हुन्छ।

तपाईंले कुनै पनि परिषदको चुनावमा एक पटक मात्र मतदान गर्न सक्नुहुन्छ।

तपाईं कसलाई मतदान गर्दै हुनुहुन्छ?

तपाईंको स्थानीय परिषदको आधारमा, तपाईं निम्नलाई  मतदान गर्न सक्नुहुन्छ:

  • तपाईंको प्रतिनिधित्व गर्न सम्पूर्ण परिषद क्षेत्रबाट धेरै व्यक्तिहरू (एक अविभाजित परिषद)
  • तपाईंको समुदायको खण्डको प्रतिनिधित्व गर्न परिषद क्षेत्रका धेरै व्यक्तिहरू (बहु- परिषद सदस्य वडाहरू)
  • तपाईंको समुदायको खण्डको प्रतिनिधित्व गर्न परिषद क्षेत्रबाट एकजना व्यक्ति (एकल परिषद सदस्य वडाहरू)।

तपाईंको परिषदको संरचना जाँच गर्न, स्थानीय परिषदका पाश्र्वचित्र हरू हेर्नुहोस्।

सबै परिषद सदस्यहरू निर्वाचित भएपछि, उनीहरूले मेयरको रूपमा कसले काम गर्ने भन्ने निर्णय गर्छन् ( Melbourne City Council बाहेक)।

Melbourne City Council मा, तपाईंले प्रत्यक्ष रूपमा आफ्नो स्थानीय सरकारको प्रमुख, लर्ड मेयर (the Lord Mayor) र सहायक लर्ड मेयर  (Deputy Lord Mayor) लाई नौ परिषद सदस्यहरूका साथै चयन गर्नुहुन्छ।

हुलाकद्वारा गरिने मतदान

सबै नामांकित मतदाताहरूले हुलाकमा एक मतपत्र प्राप्त गर्नेछन्।

तपाईंको मतपत्र प्याकमा निम्न कुराहरू समावेश हुनेछन्:

  • एउटा मतपत्र
  • एउटा मतपत्रको खाम (तपाईंको मतपत्र भित्र राख्नका लागि)
  • कसरी मतदान गर्ने भन्नेबारे निर्देशनहरू
  • उम्मेदवारहरूको बारेमा जानकारी (यसलाई उम्मेदवारको बयान भनिन्छ)
  • तपाईंको मतपत्र फिर्ता पठाउनको लागि भुक्तान गरिएको एउटा खाम।

यदि तपाईंले आफ्नो मतपत्र प्राप्त गर्नुभएन भने 13 18 32 मा भी.ई.सी.  (VEC) लाई फोन गर्नुहोस्।

हुलाकद्वारा गरिने मतदान: कसरी मेरो मतपत्र भर्न सक्छु?

यो मतपत्रको एउटा उदाहरण हो।

तपाईंले मतपत्रको प्रत्येक बाकसमा एउटा अङ्क लेख्नुपर्छ

  • तपाईंले सबैभन्दा बढी जित्न चाहनुभएको व्यक्तिको छेउको बाकसमा १ लेख्नुहोस्
  • तपाईंको दोस्रो रोजाइको छेउमा रहेको बाकसमा २ लेख्नुहोस्
  • प्रत्येक बाकसमा अङ्क नदिँदा सम्म अङ्क दिइराख्नुहोस्
  • अङ्क मात्र प्रयोग गर्नुहोस्

हुलाकद्वारा गरिने मतदान: मतदान कसरी गर्ने 

  • तपाईंको मतपत्र भर्नुहोस्
  • तयार भएको आफ्नो मतपत्रलाई मतपत्रको खाममा राख्नुहोस्
  • पछाडि तपाईंको विवरण पूरा गर्नुहोस्, तपाईंको जन्म मिति लेख्नुहोस्, हस्ताक्षर गर्नुहोस् र यसलाई मिति दिनुहोस्
  • तपाईंको मतपत्रको खामलाई ठेगाना राखिएको मतपत्र फिर्ता गर्न भुक्तान गरिएको ठूलो खाममा राख्नुहोस्
  • तपाईंलाई टिकट आवश्यक पर्दैन
  • तपाईंको मतपत्र हुलाकमा दिनुहोस् वा VEC ले तोकेको मिति भित्रमा तपाईंको स्थानीय निर्वाचन कार्यालयमा छोड्नुहोस्।