टास्मानियामा, स्थानीय सरकारको निर्वाचन हरेक चार वर्षमा अक्टोबर महिनामा हुन्छ। आफ्नो परिषदको बारेमा थप विवरणहरूका लागि कृपया टास्मानियाली निर्वाचन आयोग (the Tasmanian Electoral Commission) (TEC) को वेबसाइट हेर्नुहोस्।
तपाईंले टास्मानियाको परिषद चुनावमा नामांकन गर्न नागरिक हुन आवश्यक छैन!
यदि तपाईं नागरिक हुनुहुन्न भने पनि, तपाईं स्थानीय सरकारको मतदाता नामावलीमा नामांकन गर्न योग्य हुनुहुन्छ यदि:
- राज्यको मतदाता नामावलीमा नामांकन गरेको भन्दा फरक नगरपालिका क्षेत्रमा तपाईंको जग्गा छ वा बस्नुहुन्छ वा
- तपाईं एक निगमित निकायको नामांकित प्रतिनिधि हुनुहुन्छ जसको नगरपालिका क्षेत्रमा जग्गाछ वा बस्नुहुन्छ ।
यी विशेष सर्तहरू अन्तर्गत नामांकन गर्न, तपाईंले उपयुक्त नामांकन फारम पूरा गर्न आवश्यक छ र यसलाई चुनावको लागि नामावलीहरू बन्द हुनु अघि सम्बन्धित परिषदको महाप्रबन्धकलाई फिर्ता गर्न आवश्यक छ:
तपाईंको स्थानीय परिषद क्षेत्र पत्ता लगाउनुहोस्
तपाईंले आफ्नो ठेगाना यहाँ प्रविष्ट गरेर आफ्नो स्थानीय सरकारी क्षेत्र यहाँ फेला पार्न सक्नुहुन्छ।
तपाईं कसलाई मतदान गर्दै हुनुहुन्छ ?
तपाईं टास्मानियामा स्थानीय सरकारको चुनावको लागि हुलाक मतपत्रद्वारा मतदान गर्नुहुन्छ।
तपाईंले स्थानीय सरकारमा तपाईंका प्रतिनिधिहरू, तपाईंका परिषद सदस्यहरू, र स्थानीय सरकारको नेतृत्व, मेयर र उप-मेयरलाई मतदान गर्नुहुनेछ।
प्रत्येक परिषदमा ७ देखि १२ जना परिषद सदस्यहरू हुन्छन्। प्रत्येक परिषदको अध्यक्षता एकजना मेयर र एकजना उ-पमेयरले गर्छन्।
मतदान कसरी गर्ने
चुनाव हुलाकबाट हुने भएकाले निर्वाचनको एक दिनको सट्टा 'निर्वाचनको अवधि' हुन्छ। यदि तपाईंको नामांकन गरिएको छ भने, तपाईंले आफ्नो हुलाक ठेगानामा हुलाक मत प्याक प्राप्त गर्नुहुनेछ।
हुलाक मतदान प्याकमा निम्न समावेश छन्:
- मतपत्रहरु।
- उम्मेदवारको बयान र मतदान निर्देशनहरू समावेश भएको पुस्तिका।
- मतपत्रको खाम (मतपत्र सुरक्षा सुनिश्चित गर्न यो खाममा मतदाताले हस्ताक्षर गरेको हुनुपर्छ)।
- तपाईंले पूरा गर्नु भएको तपाईंको मतपत्र समावेश भएको मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खाम (मतदानन गर्दा टिकट पनि लाग्दैन)।
त्यसपछि तपाईंको परिषदको लागि रिटर्निंग अफिसर (मतपत्र फिर्ता अधिकारी) लाई तपाईंको मत पूरा गरेर फिर्ता गर्न तपाईंसँग लगभग ३ हप्ता हुन्छ ।
मतदान गर्नको लागि, तपाईंले निम्न गर्नुपर्छ:
- प्रत्येक मतपत्रमा आफ्नो प्राथमिकताहरू चिन्ह लगाउनुहोस्।
- पूरा भएको मतपत्रलाई मतपत्रको खाममा राख्नुहोस् (मतदाताको नाम छापिएको खाम) र खाम बन्द गर्नुहोस्।
- आफ्नो नामको छेउमा रहेको बाकसमा रहेको मतपत्रको खाममा हस्ताक्षर गर्नुहोस्।
- तपाईंको मतपत्रको खामलाई मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खाममा राख्नुहोस् र बन्द गर्नुहोस्।
- मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खामलाई हुलाकद्वारा पठाउनुहोस् (टिकट आवश्यक छैन) ताकि यो मतदान समाप्त हुनु अघि नै रिटर्निंग अफिसर (मतपत्र फिर्ता अधिकारी) कहाँ पुगोस् ।