स्थानीय सरकार को निर्वाचन

साउथ अष्ट्रेलिया

साउथ अष्ट्रेलियामा हरेक चार वर्षमा नोभेम्बरमा स्थानीय सरकारको चुनाव हुन्छ। आफ्नो परिषदको बारेमा थप विवरणहरूका लागि कृपया साउथ अष्ट्रेलियाको निर्वाचन आयोग (ECSA) (Electoral Commission of South Australia) को वेबसाइट हेर्नुहोस्।

तपाईंले साउथ अष्ट्रेलियामा परिषद चुनावमा नामांकन गर्न नागरिक हुन आवश्यक छैन!

यदि तपाईं अष्ट्रेलियाली नागरिक हुनुहुन्न तर तपाईं आफ्नो वर्तमान साउथ अष्ट्रेलियाली ठेगानामा ३० दिनभन्दा बढी समयदेखि बस्नुभएको छ, र तपाईंको उमेर १८ वर्ष वा सो भन्दा बढी छ भने, तपाईं आफ्नो परिषद चुनावमा मतदान गर्न नामांकन गर्न सक्नुहुन्छ। यसमा निम्न समावेश छन्:

  • अन्तर्राष्ट्रिय विद्यार्थीहरू
  • अस्थायी वा स्थायी बासिन्दाहरू
  • भ्रमण गर्ने प्रवेशाज्ञामा आएका आगन्तुकहरू
  • काम गर्ने प्रवेशाज्ञामा आएका आगन्तुकहरू

यदि तपाईं परिषद पूरक सूचीमा नामांकित हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुरामामा अनिश्चित हुनुहुन्छ भने, आफ्नो स्थानीय परिषदलाई सम्पर्क गर्नुहोस्।

परिषदहरूले प्रत्येक निर्वाचन वर्षको जनवरी १ मा आफ्नो पूरक सूची हटाउनुपर्छ भन्ने बारे सचेत हुनुहोस्।  एडिलेड शहर (the City of Adelaide) बाहेक, मतदान गर्न योग्य हुनको लागि तपाईंले प्रत्येक चुनावी वर्षको जनवरी १ देखि पुन: नामांकन गर्नुपर्छ, ।

तपाईंको स्थानीय परिषद क्षेत्र पत्ता लगाउनुहोस्

तपाईंले आफ्नो ठेगाना प्रविष्ट गरेर आफ्नो स्थानीय सरकारी क्षेत्र यहाँ फेला पार्न सक्नुहुन्छ।

के मैले मतदान गर्नुपर्छ?

पर्दैन। साउथ अष्ट्रेलियामा परिषद चुनावमा मतदान गर्न अनिवार्य छैन ।

तपाईं कसलाई मतदान गर्दै हुनुहुन्छ?

तपाईंको स्थानीय सरकारको आधारमा, तपाईंले आफ्ना परिषद सदस्यहरू, वडा सदस्यहरू र/वा मेयरलाई मतदान गर्नुहुनेछ।

तपाईं स्थानीय सरकारमा आफ्नो प्रतिनिधित्व गर्नका लागि आफ्ना परिषद सदस्यहरू चयन गर्दै हुनुहुन्छ। तपाईंले निम्नको लागि मतदान गरिरहनुभएको हुन सक्छ:

  • तपाईंको परिषदका सबै उम्मेदवारहरू।
  • वडा भनिने सानो क्षेत्रका उम्मेदवारहरू।

परिषदका निर्वाचनहरूले स्थानीय सरकारको नेतृत्व पनि तय गर्छन्। यो दुई तरिकामा हुन सक्छ:

  • तपाईंले नेतालाई प्रत्यक्ष मतदान गर्नुपर्छ। यस्तो नेतालाई मेयर भनिन्छ।
  • तपाईंले चुन्नुभएका परिषद सदस्यहरूले आफैँबाट नेता छान्छन्। यस प्रकारको नेतालाई प्रायः अध्यक्ष (पूरूष अध्यक्ष वा महिला अध्यक्ष) भनिन्छ।

साउथ अष्ट्रेलियाका स्थानीय सरकार चुनावहरूमा प्रयोग गरिने निर्वाचन प्रणाली समानुपातिक प्रतिनिधित्व प्रणाली हो। प्रत्येक मत, मतदाताको प्राथमिकताहरूको क्रममा उम्मेदवारहरू बीच स्थानान्तरण गर्न सकिन्छ। कुनै उम्मेदवारको कुल मत संख्या तपाईंको क्षेत्रमा उपलब्ध निश्चित कोटा बराबर वा बढी भएमा, उम्मेदवार निर्वाचित हुन्छन्।

मतदान कसरी गर्ने

परिषदको निर्वाचनमा हुलाकद्वारा मतदान गरिन्छ। तपाईंको मतपत्र सहित सबै चुनावी सामग्रीहरू, तपाईंले मतदाता नामावलीमा उपलब्ध गराउनुभएको हुलाक ठेगानामा सिधै पठाइन्छ। मनोनयनहरू बन्द भएपछि हुलाक मतदान प्याकहरू पठाउन सुरु हुन्छ।

तपाईंको प्याकमा निम्न समावेश हुन्छन् छन्:

  • तपाईं मतदान गर्न योग्य रहेको परिषद क्षेत्रको प्रत्येक निर्वाचनको लागि मतपत्र (उदाहरणका लागि - मेयर, क्षेत्रीय परिषद सदस्यहरू वा वडा परिषद सदस्यहरू)।
  • उम्मेदवारको पाश्र्वचित्र पुस्तिका।
  • मतपत्र खाम (मतपत्र सुरक्षा सुनिश्चित गर्न, मतदाताको रूपमा, तपाईंले यो खाममा हस्ताक्षर गर्नुपर्छ)।
  • मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खाम ।
  • हुलाक मतदान मार्गदर्शक।

मतदान गर्नको लागि, तपाईंले आफ्नो रोजाइको क्रममा कम्तिमा खाली स्थानहरूको संख्याको बराबर बाकसहरुमा अङ्क दिनुपर्छ।

उदाहरणका लागि, २ रिक्त पदहरू र ५ उम्मेद्वारहरू भएको वडामा तपाईंले आफ्नो मतपत्र पूरा गर्न आफ्नो रोजाइको क्रममा अङ्क १ र २ प्रयोग गर्नुपर्छ। यदि तपाईं चाहनुहुन्छ भने, तपाईंले केही वा सबै अन्य बाकसहरूमा (३, ४ वा ५) अङ्क दिन जारी राख्न सक्नुहुन्छ।

तपाईंको मतपत्र फिर्ता गर्ने

आफ्नो मतपत्रहरू पूरा गरेपछि यी चरणहरू पालना गर्नुहोस्

  • उपलब्ध गराइएको मतपत्रको खाममा आफ्नो पट्याइएको मतपत्रहरू राख्नुहोस्।
  • मतपत्रको खाम बन्द गर्नुहोस्।
  • सम्बन्धित घोषणा तपाईंका विवरणहरू सहित पूरा भएको र हस्ताक्षर गरिएको सुनिश्चित गर्नुहोस्।
  • तपाईंको बन्द गरिएको मतपत्रको खामलाई मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खाममा राख्नुहोस् र बन्द गर्नुहोस्।
  • मतपत्र फिर्ता गर्न-भुक्तान गरिएको खामलाई पठाउनुहोस् ताकि यो मतदान समाप्त हुनु अघि नै फिर्ता अधिकारीको (रिटर्निंग अफिसर) मा पुगोस् पुगोस (मतपत्र पठाउने समयसीमा हुनेछ त्यसैले तपाईंले मतदान गरे लगत्तै यसलाई पठाउने निश्चित गर्नुहोस्)।

यो आफैँ भर्न सक्दिन

यदि तपाईंलाई अपाङ्गता छ र तपाईंले आफ्नो मतपत्रहरूमा चिन्ह लगाउन सक्नुहुन्न भने, तपाईंले उम्मेदवार वा उम्मेदवारको तर्फबाट कार्यरत नभएको, अर्को व्यक्तिलाई यो पूरा गर्न अनुरोध गर्न सक्नुहुन्छ ।