स्थानीय सरकार को निर्वाचन

क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डमा, प्रत्येक चार वर्षमा मार्चको अन्तिम शनिबार स्थानीय सरकारको चुनाव हुन्छ। तपाईंको परिषदको  बारेमा थप विवरणहरूका लागि कृपया क्वीन्सल्याण्डको निर्वाचन आयोग  (the Electoral Commission of Queensland) (ECQ) को वेबसाइट हेर्नुहोस्।

तपाईंको स्थानीय परिषद क्षेत्र पत्ता लगाउनुहोस् 

तपाईंले आफ्नो ठेगाना प्रविष्ट गरेर आफ्नो स्थानीय सरकारी क्षेत्र यहाँ फेला पार्न सक्नुहुन्छ।

तपाईं कसलाई मतदान गर्दै हुनुहुन्छ?

तपाईंको स्थानीय सरकारको लागि, तपाईंले आफूलाई प्रतिनिधित्व गर्ने एक वा बढी परिषद सदस्यहरू र तपाईंको परिषदको नेता, मेयर, एकै समयमा हुने छुट्टाछुट्टै मतदानमा मतदान गर्नुहुन्छ।

क्वीन्सल्याण्डमा दुई मुख्य प्रकारका स्थानीय सरकारहरू छन्:

  • विभाजित परिषद (Divided council): जहाँ स्थानीय सरकारको आन्तरिक सीमाहरूलाई डिभिजन वा वडाहरू भनेर चिनिन्छ र मतदाताहरूले आफ्नो डिभिजनको प्रतिनिधित्व गर्न परिषद सदस्यलाई निर्वाचित गर्छन्।
  • अविभाजित परिषद (Undivided council): मतदाताहरूले आफ्नो स्थानीय सरकार क्षेत्रका सबै परिषद सदस्यहरूलाई निर्वाचित गर्छन्।

यी दुई प्रकारहरूले मतदान प्रक्रियाले कसरी काम गर्छ भन्ने कुरालाई असर गर्नेछन्।

मतदान कसरी गर्ने

क्वीन्सल्याण्डमा चुनावहरू तपाईंको स्थानीय सरकारको आधारमा दुई प्रकारका हुन्छन्। एउटा फर्स्ट-पास्ट-द-पोस्ट मतदान र अर्को वैकल्पिक प्राथमिकता हो। तपाईंले ECQ मा सम्पर्क गरेर आफ्नो स्थानीय सरकार जाँच गर्न सक्नुहुन्छ।

फर्स्ट-पास्ट-द-पोस्ट मतदान

स्थानीय सरकारको चुनावमा, अविभाजित परिषद वा बहु-सदस्य विभाजित परिषदको लागि, तपाईंले फर्स्ट-पास्ट-द-पोस्ट (first-past-the-post) (FPTP) मतदान प्रणाली प्रयोग गरेर आफ्नो परिषद सदस्यहरू का लागि मतदान गर्नुहुनेछ। तपाईंले आफ्नो रोजाइका आवश्यक संख्याका उम्मेदवारहरूको छेउको बाकसमा चिन्ह लगाउनुहुनेछ।

उदाहरणका लागि, यदि परिषदमा चार उम्मेदवारहरू निर्वाचित हुनुपर्नेछ भने, मतदाताहरूले मतपत्रमा चार बाकसहरूमा चिन्ह लगाउनुपर्नेछ।

वैकल्पिक अधिमान्य मतदान

एकल सदस्य विभाजित परिषदको लागि स्थानीय सरकारको चुनावमा, र सबै परिषदहरूमा मेयरको लागि मतदान गर्दा, तपाईंले मतपत्रमा एकजना, केही वा सबै उम्मेदवारहरूलाई मतदान गर्ने छनोट गर्न सक्नुहुन्छ; यो वैकल्पिक अधिमान्य मतदान  (optional preferential voting) (OPV) हो।

ओ.पी.भी. क्वीन्सल्याण्डमा निम्नलाई निर्वाचित गर्न प्रयोग गरिने मतदान प्रणाली हो:

स्थानीय सरकारको चुनावमा मेयरहरूलाई

एकल-सदस्य वडाहरू वा डिभिजनहरू भएका स्थानीय सरकारहरूमा परिषद सदस्यहरूलाई (एकल-सदस्य विभाजित भएका परिषदहरू)।

एकजनालाई मतदान गर्नुहोस्

तपाईंको मनपर्ने उम्मेदवारको नामको अर्को तिरको वर्गमा एउटा (१), सहि वा गलत चिन्ह लगाएर केवल एक उम्मेदवारलाई मतदान गर्नुहोस्।

केही वा सबैलाई मतदान गर्नुहोस्

आफ्नो मनपर्ने उम्मेदवारको बाकसमा एउटा (१) राखेर केही वा सबैलाई मतदान गर्नुहोस्। त्यसपछि तपाईंले मतपत्रमा दिइएको निर्देशन अनुसार, आफ्नो प्राथमिकता अनुसार केही वा बाँकी रहेका सबै बाकसहरूमा अङ्क दिन सक्नुहुन्छ ।