स्थानीय सरकार को निर्वाचन

स्थानीय सरकार (Local Government) को निर्वाचन

अष्ट्रेलियामा स्थानीय सरकार सबैभन्दा तल्लो तहको शासन प्रणाली हो। स्थानीय सरकारहरूलाई सामान्यतया परिषद, नगरपालिका वा शायर भनिन्छ। अष्ट्रेलियामा ५३७ स्थानीय सरकारहरू छन्, जसले प्रत्येक फरक शहर, नगर, शहरी वा क्षेत्रीय क्षेत्रलाई प्रतिनिधित्व गर्छन्। औसतमा एउटा स्थानीय सरकारले लगभग ३०,००० मानिसहरूलाई समेट्छ तर ब्रिस्बेन सिटी काउन्सिल (Brisbane City Council) जस्ता केहीले १० लाखभन्दा बढी मानिसहरूलाई समेट्छन्।

धेरै मानिसहरू स्थानीय सरकार त्यति महत्त्वपूर्ण हुँदैनन् भन्ने सोच्छन् किनभने संघीय र राज्य तथा क्षेत्रीय सरकारहरूले ठूला निर्णयहरू गर्छन् जसले व्यापक अर्थव्यवस्था र समाजलाई असर गर्दछ।

स्थानीय सरकार महत्त्वपूर्ण छ। तिनीहरूले तपाईं, तपाईंको समुदाय र तपाईं बस्ने क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर गर्ने निर्णयहरू गर्छन्। प्रत्येक राज्य वा क्षेत्र अनुसार, तिनीहरूले घरधनीहरूले तिर्ने दर (भूमि कर), भवन योजना र विकास स्वीकृति, सामुदायिक र खेलकुद सुविधाहरू, स्थानीय यातायात पूर्वाधार र पानी तथा ढल प्रणाली र फोहोर संकलन जस्ता आवश्यक सेवाहरूको बारेमा निर्णय र कानूनहरू (जसलाई उप-नियमहरू भनिन्छ) बनाउँछन्।

स्थानीय सरकारको चुनावमा मतदान गर्न नामांकन गर्ने

सबै योग्य मतदाताहरूले मतदान गर्न नामांकन गर्नुपर्छ। जब तपाईं मतदान गर्न नामांकन गर्नुहुन्छ, तपाईं राष्ट्रमंडल, (Commonwealth), राज्य (State) र स्थानीय सरकारको चुनावको लागि नामांकन हुनुहुन्छ। तपाईं आफ्नो नामांकन अनलाइन जाँच गर्न सक्नुहुन्छ।

अष्ट्रेलियाली नागरिक होइन के मैले मतदान गर्न सक्छु?

यदि तपाईं अष्ट्रेलियाली  नागरिक हुनुहुन्न भने पनि, साउथ अष्ट्रेलिया, टास्मानिया   र भिक्टोरियाको स्थानीय सरकार स्तरमा मतदान गर्न सम्भव छ। थप जानकारीको लागि तलको राज्य खण्डहरू जाँच गर्नुहोस्।

अन्य राज्यहरू र नर्दन टेरिटोरीमा, तपाईंले मतदान गर्न तपाईं नागरिक हुन आवश्यक छ।

के मैले मतदान गर्नुपर्छ ?

यदि तपाईं अष्ट्रेलियामा राज्य, क्षेत्रीय  वा संघीय चुनावको लागि मतदान गर्न योग्य हुनुहुन्छ भने, स्थानीय सरकारको चुनावमा मतदान सामान्यतया अनिवार्य छ। कुनै स्वीकार्य कारण बिना मतदान नगरेमा तपाईंले जरिवाना पाउन सक्नुहुन्छ।  

साउथ अष्ट्रेलिया वा वेस्ट्र्न अष्ट्रेलियामा यो अनिवार्य छैन।

स्थानीय सरकारले कसरी काम गर्छ

स्थानीय सरकारहरूले प्रत्येक राज्य र क्षेत्रमा फरक तरिकाले काम गर्छन्। सामान्यतया, करिब ९ -१५ सदस्यहरूको स्थानीय सरकार बनाइन्छ जसलाई काउन्सिलर (परिषद सदस्य) भनिन्छ जसलाई चार वर्षका लागि निर्वाचित गरिन्छ।। यी परिषद सदस्यहरू राजनीतिक दल वा स्वतन्त्र सदस्य हुन सक्छन्।

स्थानीय सरकारको निर्वाचित प्रमुखलाई प्रायः मेयर वा अध्यक्ष भनिन्छ।

परिषद सदस्यहरूले प्रायः स्थानीय सरकारका निर्णयहरू परिषद् कक्ष, संसदको स्थानीय सरकार संस्करणमा बहुमतको आधारमा गर्छन्। कहिलेकाहीँ परिषद सदस्यहरू बीच समान विभाजन भएमा मेयर वा अध्यक्षले निर्णायक मतदान गर्न सक्छन्।

स्थानीय तहमा माथिल्लो र तल्लो सदन हुँदैनन् । मतदान गर्नको लागि सरकारको केवल एउटा सदन हुन्छ।

निर्वाचनहरू 

स्थानीय तहमा निर्वाचन मार्फत प्रतिनिधि छनोट गर्न सकिन्छ। प्रत्येक राज्य र क्षेत्रको स्थानीय सरकारको निर्वाचनले कसरी काम गर्छ भन्ने बारे फरक-फरक नियमहरू छन्। तपाईं बस्ने ठाउँको जानकारीको लागि कृपया तल हेर्नुहोस्।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा यो तहको सरकार छैन र स्थानीय सरकारका चुनावहरू हुँदैनन् । विधान सभाले स्थानीय परिषदका जिम्मेवारीहरू लिन्छ।