तपाईंले आफ्नो कागजलाई बाक्लो रेखाले दुई भागमा विभाजित भएको देख्नुहुनेछ, माथिल्लो भागमा समूह मतदानका वर्गहरू र तलको भागमा उम्मेदवारको रेखा।
तपाईंले रेखा भन्दा माथि वा रेखा भन्दा मुनि मतदान गर्न सक्नुहुन्छ तर दुवैमा गर्न सक्नुहुँदैन।
रेखा भन्दा माथि
मतपत्रमा मोटो रेखाभन्दा माथि रहेको समूह मतदानका वर्गहरूमा एउटा अङ्क ‘१’ लेख्नुहोस्।
यसो गरेर तपाईंले उम्मेदवारहरूको सम्पूर्ण समूहलाई माथिबाट सुरु गरी तल सम्म सूचीबद्ध गरिएको क्रममा मतदान गर्दै हुनुहुन्छ। तपाईंले यति मात्र गर्न आवश्यक छ। यदि तपाईं चाहनुहुन्छ भने तपाईंले अङ्क दिन सक्नुहुन्छ, रेखा माथि अङ्क २ राखेर सुरू गर्नुहोस्।
यदि तपाईंले रेखा माथि मतदान गर्नुहुन्छ भने, रेखा तल कुनै पनि वर्गहरूमा अङ्कहरू नराख्नुहोस्।
रेखा भन्दा मुनि
रेखाभन्दा मुनि मतदान गर्नुहोस् यदि:
- तपाईं आफ्नो छनोटको क्रम अनुसार समूहभित्रका उम्मेदवारहरूलाई मतदान गर्न चाहनुहुन्छ भने।
- तपाईं आफ्नो छनोटको क्रम अनुसार विभिन्न समूहका उम्मेदवारहरूलाई मतदान गर्न चाहनुहुन्छ भने।
- तपाईं आफ्नो छनोटको क्रम अनुसार समूह नगरिएका उम्मेदवारहरूलाई मतदान गर्न चाहनुहुन्छ भने।
- तपाईं समूहबद्ध उम्मेदवारहरू र समूह-बिहीन उम्मेदवारहरूको मिश्रणलाई मतदान गर्न चाहनुहुन्छ भने।
मतदान गर्न, तपाईंले मतपत्रमा 'मतदानका लागि निर्देशनहरू' मा सङ्केत गरिएका प्राथमिकताहरूको न्युनतम संख्या राख्नुपर्छ। यो संख्या निर्वाचित हुने संख्याको कम्तीमा आधा हुनेछ ।
उदाहरणका लागि:
- यदि त्यहाँ तीनजना निर्वाचित हुनुपर्छ भने, तपाईंले कम्तिमा दुई उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ।
- यदि त्यहाँ नौजना निर्वाचित हुनुपर्छ भने, तपाईंले कम्तिमा पाँचजना उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ।
यदि तपाईं चाहनुहुन्छ भने तपाईंले थप उम्मेदवारहरूलाई अङ्क दिन जारी राख्न सक्नुहुन्छ।
तपाईंको पहिलो प्राथमिकता तपाईंको रोजाइको उम्मेदवारको छेउको वर्गमा ‘१’ राखेर, तपाईंको दोस्रो प्राथमिकतामा ‘२’, तपाईंको तेस्रो प्राथमिकतामा ‘३’, र यसरी जारी राख्नुहोस्।
यदि तपाईं रेखाभन्दा तल मतदान गर्नुहुन्छ भने, रेखाभन्दा माथि कुनै पनि वर्गमा अङ्क नराख्नुहोस्।