अष्ट्रेलियन क्यापिटल टेरिटोरी

अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा कहिले र कहाँ मतदान गर्ने

के मतदान गर्न सक्छु?

तपाईंले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) निर्वाचनमा मतदान गर्न सक्नुहुन्छ यदि तपाईं:

यदि तपाईंले समयसीमा भित्र नामांकन गर्नुभएन भने, तपाईंले  अझै पनि चुनावको दिनमा मतदान गर्न सक्नुहुन्छ। मतदान केन्द्रमा जानुहोस् र त्यहीँ स्थानमा नामांकन र  मतदान गर्न मतदान केन्द्रमा जानुहोस् । तपाईंको सवारी चालक अनुमतिपत्र, लर्नर परमिट, अष्ट्रेलियाली राहदानी, वा तपाईंको नाम र ठेगाना देखाउने हालसालैको बिजुलीको बिल वा परिषदको दरको सूचना जस्ता परिचयपत्र ल्याउनुभएको सुनिश्चित गर्नुहोस्। ए.सी.टी.  निर्वाचन आयोग (the ACT Electoral Commission) का कर्मचारीलाई तपाईंको नाम दर्ता नभएको जानकारी दिनुहोस्, र उनीहरूले तपाईंलाई सहयोग गर्न सक्छन्।

के मैले मतदान गर्नुपर्छ?

पर्छ, यदि तपाईंले माथि सूचीबद्ध मापदण्डहरू पूरा गर्नुभएको छ भने, तपाईंले मतदान गर्नैपर्छ। यदि तपाईंले मतदान नगर्ने उचित कारण बिना मतदान गर्नुभएन भने तपाईंलाई जरिवाना लाग्न सक्छ।

मतदान कहिले गर्ने

अर्को ACT राज्य निर्वाचन शनिबार १९ अक्टोबर २०२४ मा हुनेछ। मतदान त्यस दिन ०८:०० र १८:०० बीच हुनेछ।

चुनावको दिन धेरैले मतदान गर्नेछन्। यदि तपाईं चुनावको दिनमा मतदान गर्न सक्नुहुन्न भने, तपाईं तल सूचीबद्ध गरिएका अन्य विकल्पहरू प्रयोग गरेर व्यक्तिगत रूपमा वा मेल ( हुलाकद्वारा गरिने मतदान) मार्फत मतदान गर्न सक्नुहुन्छ।

मतदान कहाँ गर्ने

  • चुनावको दिन - तपाईंको घर नजिकैको मतदान केन्द्रमा। यी सामान्यतया सार्वजनिक भवनहरू हुन्, जस्तै विद्यालयहरू, चर्चहरू, वा हलहरू। कुन-कुन मतदान केन्द्रहरू उपलब्ध छन् भन्ने कुरा तपाईंले यहाँ ACT Electoral Commission हेर्न सक्नुहुन्छ वा 02 6205 0033 मा फोन गरेर थाहा पाउन सक्नुहुन्छ।
  • चुनावको दिन भन्दा अघि - प्रारम्भिक मतदान केन्द्रमा वा हुलाकद्वारा गरिने मतदानद्वारा। तपाईंले ८ अक्टोबर २०२४ देखि प्रारम्भिक मतदान केन्द्रहरूमा मतदान गर्न सक्नुहुन्छ।
  • फोन मार्फत मतदान गर्नुहोस् - यदि तपाईं दृष्टिविहीन हुनुहुन्छ, कम दृष्टि छ भने तपाईंले टेलिफोन- सहायता प्राप्त मतदान प्रयोग गर्न सक्नुहुन्छ। थप विवरणहरूका लागि निर्वाचनको समय नजिक हुँदा ACT Electoral Commission हेर्नुहोस् ।

मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्रमा के हुन्छ ?

मतदान केन्द्र वा प्रारम्भिक मतदान केन्द्र बाहिर, तपाईंले उम्मेदवारहरू र/वा स्वयंसेवकहरूले उम्मेदवारहरूलाई मद्दत गरेको देख्न सक्नुहुन्छ। उनीहरूले तपाईंलाई 'कसरी-मतदान-गर्ने’ (‘how-to-vote') कार्ड भनिने कागज  प्रदान गर्न सक्छन्।

यदि तपाईं चाहनुहुन्न भने तपाईंले कसरी-मतदान-गर्ने कार्ड लिन वा पालना गर्न आवश्यक छैन। यदि तपाईं उम्मेदवारको नीतिहरूसँग सहमत हुनुहुन्छ भने कसरी मतदान गर्ने भनेर निर्णय गर्न यसले मद्दत गर्न सक्छ। यद्यपि, तपाईंले अझै पनि उम्मेद्वारलाई मतदान गर्न सक्नुहुन्छ र अन्य उम्मेद्वारहरूलाई कसरी-मतदान-गर्ने कार्डले सुझाव दिएको भन्दा फरक क्रममा श्रेणी निर्धारण गर्न सक्नुहुन्छ।

मतदान केन्द्र भित्र, तपाईंले नामहरूको सूचीको साथ टेबलमा ACT निर्वाचन अधिकारी देख्नुहुनेछ। तपाईंले निर्वाचन अधिकारीसँग चेक इन गर्न आवश्यक छ। उनीहरूले तपाईंको नाम, तपाईंको ठेगाना, यदि तपाईं पहिले नै चुनावमा मतदान गरिसक्नु भएको छ कि भन्ने कुरा, र तपाईंको मतदाता पुष्टि गर्न सोध्नेछन्। निर्वाचन अधिकारीले तपाईंलाई दुईवटा  मतपत्र दिनेछन् र तपाईंले कहाँ मतदान गर्नुपर्छ भनी देखाउनेछन्।

तपाईंले कार्डबोर्ड (गत्ता) मतदान बुथहरूमा मतदान गर्नुहुनेछ। बुथहरूमा विभाजनहरू गरिएका हुन्छन् त्यसैले तपाईं कसरी मतदान गर्नुहुन्छ भनेर अरू कसैले देख्न सक्दैनन्। बुथहरूमा सिसाकलमहरू हुन्छन् जुन तपाईंले आफ्नो मत चिन्ह लगाउन प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईंले आफ्नै सिसाकलम वा कलम पनि प्रयोग गर्न सक्नुहुन्छ।

यदि तपाईंलाई चुनावी मतपत्रहरू भर्न मद्दत चाहिन्छ भने, तपाईंले सहयोग गर्ने व्यक्ति वा साथीलाई साथमा लैजान सक्नुहुन्छ। निर्वाचन अधिकारीले पनि तपाईंलाई मद्दत गर्न सक्छन्। यस्ता सहयोगीले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनुहुँदैन र तपाईंको सहमति बिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनुहुँदैन।

यदि तपाईं चुनावको दिन विदेश वा अन्तरराज्यीय हुनुहुन्छ भने के गर्ने? 

यदि तपाईं चुनावको दिन (अष्ट्रेलिया भित्र वा विदेश) को यात्रा गर्दै हुनुहुन्छ भने, तपाईं या त:

  • प्रारम्भिक मतदान केन्द्रमा समय अगावै मतदान गर्नुहोस्
  • अन्तरराज्यीय मतदान केन्द्र मा मतदान गर्नुहोस्
  • हुलाकद्वारा गरिने मतदानद्वारा मतदान गर्नुहोस्। हुलाकद्वारा गरिने मतदान गर्ने प्याकहरू तपाईंको घरको ठेगानामा वा तपाईंले अष्ट्रेलिया वा विदेशमा मनोनित गर्नुभएको कुनै पनि ठेगानामा पठाउन सकिन्छ।

यदि तपाईंले प्रारम्भिक मतदान केन्द्रमा वा हुलाकद्वारा गरिने मतदानद्वारा मतदान गर्न सक्नुहुन्न र तपाईंले मतदान गर्न नसक्ने वैध कारण छ भने, तपाईंलाई जरिवाना लाग्ने छैन। तपाईंले चुनावको दिन भन्दा अघि the ACT Electoral Commission लाई elections@act.gov.au मा इमेल मार्फत जानकारी गराउने सुनिश्चित गर्नुहोस्।

थप जानकारीको लागि तपाईंले 02 6205 0033 मा the ACT Electoral Commission लाई फोन पनि गर्न सक्नुहुन्छ।