अष्ट्रेलियन क्यापिटल टेरिटोरी

अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा हुलाकद्वारा गरिने मतदान

हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिने

हुलाक मार्फत मतदान गर्नको लागि, तपाईंले २०२४ राज्य निर्वाचनमा हुलाक मार्फत मतदान गर्न अहिलेबाट नै आवेदन दिन सक्नुहुन्छ। The ACT Electoral Commission ले तपाईंलाई  हुलाक मार्फत एउटा मतपत्र पठाउनेछ जुन तपाईंले हुलाकबाटै  उनीहरूलाई फिर्ता गर्न आवश्यक छ। हुलाकद्वारा गरिने मतदान निःशुल्क छ।

तपाईंले यी तरिकाले आवेदन दिन सक्नुहुन्छ:

  • अनलाइन
  • 02 6205 0033 मा फोन गरेर
  • सामान्य हुलाक मतदाताको रूपमा दर्ता गरेर।

सामान्य हुलाक मतदाताहरूले हुलाकद्वारा गरिने मतदानको लागि आवेदन दिन आवश्यक पर्दैन किनकि उनीहरूलाई स्वचालित रूपमा मतपत्र पठाइनेछ।

कसरी आवेदन दिने भन्ने बारेमा थप विवरण निर्वाचन को समय नजिक हुँदा प्रकाशित गरिनेछ। थप जानकारीको लागि यहाँ हेर्नुहोस्।

समयसीमा के हो?

  • तपाईंको पूरा गरिएको हुलाक मतपत्र निर्वाचनको दिन (१९ अक्टोबर २०२४) भन्दा पहिले पठाइएको हुनुपर्दछ र निर्वाचनको दिन पछि (२५ अक्टोबर २०२४) निर्वाचन ए.सी.टी. (Elections ACT) मा आइपुग्नुपर्छ।

के योग्य छु ?

तपाईंले आवेदन दिन सक्नुहुन्छ, यदि तपाईं:

  • ACT बाहिर हुनुहुनेछ
  • निर्वाचनको दिन मतदान केन्द्रबाट ८ किलोमिटरभन्दा बढी टाढा हुनुहुनेछ
  • यात्रा गर्दै हुनुहुनेछ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुन असमर्थ हुनुहुनेछ
  • गम्भीर रोग वा अवस्थामा हुनुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
  • मातृत्वको समय नजिक हुनुहुँदैछ
  • धार्मिक विश्वासहरू राख्नुहुन्छ जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोक्छ
  • सुधार केन्द्रमा हुनुहुन्छ र चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनबाट रोकिनुभएको छ
  • अस्पताल भन्दा बाहिर नै व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ, जसले तपाईंलाई चुनावको दिन मतदान केन्द्रमा जानबाट रोक्छ
  • चुनावको दिनमा काम गर्दै हुनुहुनेछ
  • एक मौन मतदाता हुनुहुन्छ
  • अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ

चुनावको दिन मतदान केन्द्रमा उपस्थित हुनाले तपाईंको व्यक्तिगत सुरक्षा वा तपाईंको परिवारको सुरक्षालाई जोखिममा पार्छ भन्ने विश्वास गर्नुहुन्छ

हुलाकद्वारा गरिने मतदानद्वारा मतदान

तपाईंलाई निर्देशनसहितको एउटा मतपत्र, हुलाक खाम र मतपत्र फिर्ता गर्न-भुक्तानी गरिएको खाम पठाइनेछ।

तपाईंले गोप्य रूपमा चुनावी मतपत्र भर्नुपर्छ। तपाईंले कसैसँग मद्दत माग्न सक्नुहुन्छ, तर सो व्यक्तिले तपाईंलाई कसलाई मतदान गर्ने भन्ने कुरा बताउनुहुँदैन र तपाईंको सहमतिबिना तपाईंले कसरी मतदान गर्नुभयो भनेर कसैलाई बताउनुहुँदैन।

एकपटक तपाईंले मतपत्र भरिसकेपछि, यसलाई हुलाकद्वारा गरिने मतदानको खाममा राख्नुहोस्, हुलाकद्वारा गरिने मतदानको खाममा छाप लगाउनुहोस्। घोषणा फ्ल्याप नहटाउनुहोस् । निर्वाचन अधिकारीहरूले तपाईंको हस्ताक्षर र सुरक्षा प्रश्नहरूको जवाफ देख्न आवश्यक छ ताकि तपाईंको मतदान गोप्य रहन्छ। हुलाक खाममा हस्ताक्षर गर्नुहोस् र मिति लेख्नुहोस् र सुरक्षा प्रश्नको जवाफ दिनुहोस्। यदि यो खण्डले 'लागू हुँदैन' भन्छ भने तपाईंले केहि लेख्नुपर्दैन। बन्द गरिएको र पूरा भएको हुलाक मतलाई मतपत्र फिर्ता गर्न-भुक्तानी गरिएको खाम भित्र राख्नुहोस्। सकेसम्म चाँडो खाम हुलाकबाट फिर्ता गर्नुहोस्। तपाईंलाई टिकट चाहिँदैन।