अष्ट्रेलियन क्यापिटल टेरिटोरी

अष्ट्रेलियन क्यापिटल टेरिटोरीको संसदले कसरी काम गर्छ

अष्ट्रेलियन क्यापिटल टेरिटोरको संसद  (ACT) (the Australian Capital Territory’s (ACT) Parliament) ले कसरी काम गर्छ र तपाईंको मतदानलाई प्रभावकारी बनाउन कसरी यसको चुनावमा मतदान गर्ने भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ।

ACT मा तपाईं प्रत्येक चार वर्षमा संसदको लागि प्रतिनिधिहरूलाई निर्वाचित गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुहुन्छ। यी प्रतिनिधिहरूलाई तपाईंको तर्फबाट कानूनको समीक्षा र निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

सामान्यतया, उम्मेदवारहरू राजनीतिक दलहरूसँग सम्बन्धित छन्, यद्यपि केही स्वतन्त्र रूपमा उम्मेदवार हुन सक्छन्। कुनै राजनीतिक दलका बहुमत उम्मेदवार विधान सभा  (Legislative Assembly ) मा    निर्वाचित भएमा त्यसले ए.सी.टी. सरकार (ACT Government) गठन गर्न सक्छ। सरकार बनाउन नसक्ने सबैभन्दा ठूलो दल प्रतिपक्ष (the Opposition) बन्ने गर्छ। वैकल्पिक रूपमा, बहुमत नभएको दल र उम्मेदवारहरूको गठबन्धनले सरकार बनाउन सक्छन्।

निर्वाचित प्रतिनिधिहरूलाई विधान सभाका सदस्यहरू (MLA) (Members of the Legislative Assembly) भनेर चिनिन्छ। MLAs ले विधान सभामा विशिष्ट जिल्ला वा निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्।

ए.सी.टी. संसदमा एकल सदन समावेश छ:

२५ सदस्य भएको विधान सभामा कानून बनाइन्छ, र क्षेत्रीय बजेट पारित हुन्छ। मुख्यमन्त्री (The Chief Minister), सरकार प्रमुख, यस सदनमा निर्वाचित हुन्छन्।

विधान सभामा उम्मेदवारहरूको लागि मतदान गर्नु महत्त्वपूर्ण छ किनभने उनीहरूले सरकारको निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन्। नयाँ कानून लागू गर्नु अघि विधान सभाले सहमति जनाउनुपर्छ।

थप जानकारीको लागि,  ACT Parliament  वेबसाइटमा हेर्नुहोस्।